४० जना सुनचाँदीका मजदुरलाई राहत

सुर्खेत, ३ बैशाख ।
सुनचाँदीको क्षेत्रमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । विश्वमा फैलिएको कोरोना भाईरस त्यसलाई नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनबाट श्रमिकहरुलाई असर परेपछि दैनिक उपभोग्य सामाग्री वितरण गरिएको हो ।

सुनचाँदी व्यावसायी संघ सुर्खेतले बुधबार विभिन्न सुनचाँदी पसलमा आवद्ध ४० जना आफ्ना मजदुरहरुलाई राहत वितरण गरेको हो । ‘देश लकडाउनमा भएको कारणले दैनिकी काम गरेर जीविकोपार्जन गर्न गाह्रो हुने सुनचाँदीका कालिगढहरुका लागि हामीले राहत वितरण गरेका हौं’–संघका अध्यक्ष डम्मर सुनारले भने ‘जसमा हामीले ४० जनालाई प्रतिव्यक्ति साढे १२ केजी चामल २ दाल १ र २ लिटर तेल, १ केजी नुन वितरण गरेका छौ ।’

तपाईको प्रतिक्रिया