डिएफआइडीको १२ करोड १३ लाख सहयोग

सुर्खेत, ३ बैशाख ।

कोभिड–१९ संग जुध्न नेपाललाई संयुक्त अधिराज्यको सहयोग काठमाडौँ संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडि नेपाल) अनुदान सहयोग गरेको छ । कोरोना भाइरसको महामारी (कोभिड–१९) बाट बच्न पूर्वतयारी गर्ने र नियन्त्रण गर्ने कार्यलाई सबलिकरण गर्न बेलायती पाउण्ड ८ लाख २ हजार (झण्डै नेरु १२ करोड १३ लाख) बराबरको सहयोग गरिएको छ ।

निकासा गरिसकिएको उक्त सहयोगले नेपालको प्राविधिक विज्ञता वृद्धि गर्न, नमुना तथा प्रयोगशाला व्यवस्थापनलाई सुद्दृढिकरण गर्न, रोगको निगरानी तथा सम्पर्क पछ्याउने काम कन्ट्याक्ट ट्रेसिङ) गर्न, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न, सूचना व्यवस्थापन तथा विरामीहरूको चिकित्सकीय व्यवस्थापन सुधार गर्नमा ध्यान केन्द्रित गर्ने गरी विश्व स्वास्थ्य संगठनलाई परिचालन गर्न सघाउ पु¥याउने जनाइएको छ । यो सहयोग डिफिड नेपालले नेपाललाई प्रदान गरिरहेको विद्यमान सहयोगको अतिरिक्त हो ।


त्यसैगरी संयुक्त अधिराज्यले नेपालमा प्रयोगशाला सुद्दृढिकरणमा सहयोग गर्नको लागि पब्लिक हेल्थ इंल्याण्डबाट एक माइक्रोबायलोजिस्टलाई विश्व स्वास्थ्य संगठन नेपालमा अल्पकालिन काजमा खटाउन सहयोग गरेको छ ।  डिफिड नेपालकी कार्यालय प्रमुख लिसा होननले भन्नुभयो, ‘यस महामारीले निम्त्याएको अप्रत्यासित चुनौती सामना गर्न संयुक्त अधिराज्यको शिघ्र प्रतिवद्धताले नेपाल सरकारसंग हाम्रो निकट सम्बन्धलाई प्रतिविम्बित गरेको छ । जोखिममा रहेकालाई संरक्षण गर्ने कुरामा ध्यान केन्द्रित गर्दै, नेपालको तात्कालिक तथा दीर्घकालीन आवश्यकताहरूलाई सम्बोधन गर्न हामी सहयोग जारी राख्नेछौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने, ‘नेपाल सरकारले मुलुकमा कोभिड–१९ फैलिन नदिन सक्रियतासाथ रोकथामका उपायहरू अपनाइरहेको छ । भाइरसको नकारात्मक असरहरूसँग जुध्ने हाम्रो यो प्रयासमा संयुक्त अधिराज्यको यस समयसापेक्ष सहयोगको लागि हामी आभारी छौँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार