कर्णालीमा आठ करोडको औषधी, उपकरण किनिँदै

सुर्खेत, ३ बैशाख ।

कोराको भाइरसको संकट टार्न कर्णाली प्रदेशले एकैपटक साढे आठ करोडको औषधि र उपकरण खरिद गर्न थालेको छ । कर्णालीका सामुदायिक अस्पताललाई संकटमा अब्बल बनाउनका लागि अत्यावश्यक औषधि र उपकरणहरु खरिद गर्न थालेको हो ।
जसअनुसार सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ६ करोड विकास तर्फको बजेट रकमान्तर गरेर औषधिका लागि स्थानीय तह, जिल्ला अस्पताल र डेडीकेटेड अस्पतालका दिएको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव धर्मजित शाहीका अनुसार कर्णाली प्रदेशका विशेष अस्पताल (प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक÷एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख) बराबरको औषधि उपकरणहरु खरिद गर्न लागेका हुन् । त्यस्तै प्रदेशका दश वटै जिल्ला अस्पताल र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पनि औषधि उपकरणहरु खरिद गर्ने गृहकार्य थालेको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पतालहरुलाई औषधि र उपकरण खरिदका लागि ३० देखि ४० लाख बराबरको रकम मन्त्रालयले उपलब्ध गराएको छ ।

मन्त्रालयले जिल्लाको जनसंख्याको आधारमा अस्पतालहरुलाई औषधि उपकरणका लागि बजेट दिएको हो । यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले पनि अत्यावश्यक औषधि खरिद गर्न लागेको जनाएको छ ।  अत्यावश्यक औषधि उपकरणहरु जस्तै भेन्टिलेटर, आइसीयु, एनआइसीयूमा प्रयोग हुने उपकरण र मास्क, ग्लोब्स, पीपीईसेट लगायतका सामग्रीहरु खदिर गर्ने तयारी गरिएको छ । निर्देशनालयले खरिद गरेका औषधिहरु भने जिल्ला अस्पतालदेखि स्थानीय तहलाई आवश्यकता अनुसार दिइनेछ ।

३५ जनालाई क्वारेन्टाइन
नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा ३५ जनालाई राखिएको छ । नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएकाहरुलाई मध्यराती क्वारेन्टानमा राखिएको हो । उनीहरु केही दिन अघि सुर्खेत–बर्दियाको सीमा बबइमा आएर रोकिएका थिए । क्वारेन्टाइनमा राखिएकाहरु मध्य ३३ पुरुष, एकरएक जना महिला र बच्चा छन् । यी मध्य दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुमपश्चिमका एक जना छन् ।

मकवानपुर, सप्तरी, रुपन्देही लगायतका जिल्लाबाट आएका उनीहरुबाट थप संक्रमण फैलिन नदिँन उच्च सर्तकता अपनाउन क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘उच्च सावधानी अपनाउनकै लागि कर्णालीमा आउने नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेका हौं’ मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ, रिपोर्टपछि मात्रै के गर्ने भन्ने निर्णय लिनेछौं ।’

सबै जिल्लामा ¥यापिड टेष्ट
कोरोनाको परीक्षणको द्रुत प्रविधि अर्थात ¥यापीड टेष्ट कर्णालीका सबै जिल्लामा सुरु भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डोल्पाबाहेक सबै जिल्लामा ¥यापिड टेष्ट सुरु भएको हो । आइतबारमात्रै हुम्लामा २५, सुर्खेतमा दुई २२, जाजरकोटका ११, रुकुमपश्चिममा दुई र सल्यानमा २२ जनाको ¥यापिड टेष्ट गरिएको छ ।

कालिकोट, जुम्ला, मुगु, र दैलेखमा ¥यापिड टेष्ट सुरु भएको छ । डोल्पामा भने (आज) बुधमबारबाट मात्र ¥यापिड टेष्ट सुरु हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जनाकार दिइन् । विदेशबाट आएका नागरिकको तथ्याङ्कका आधारमा सबै जिल्लामा ¥यापिड टेष्ट किट पठाएको छ । कर्णाली प्रदेशमा पहिलो चरणमा पाँच हजार जनाको ¥यापिड टेष्ट गरिनेछ ।

चैत महिनायता भारतबाट आएका सबैको अनिवार्य रुपमा ¥यापिड टेष्ट गरिने निर्देशनालयको भनाइ छ । कोरोनाको सम्भावित लक्षण देखिएका र विदेशबाट आएका नागरिकलाई भने स्वाव संकलन गरेर आरटी–पीसीआर (रियल टाइम (पोलिमरेज चेन रियाक्सन) मेसिनबाट कोरोनाको परीक्षण गरिने छ । कर्णालीका दश जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात एक हजार दुई सय भन्दा बढीको ¥यापिड टेष्ट गरिने निर्देशनालयले जनाएको छ ।

एकसय ९८ रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । सुर्खेत र काठमाडौंको ल्यावमा गरी हालसम्म एकसय ९८ जनाको नमूना परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले जानकारी दिए ।

परीक्षण गरिएका नमूना मध्ये सुर्खेतमा एकसय ३८ र काठमाडौंमा ६० जनाको हो । हालसम्म काठमाडौंमा परीक्षणमा पठाइएका लागि पठाइएको दुई सय ९६ जनाको नमूना मध्ये ६० जनाको मात्रै रिपोर्ट आएको इन्चार्ज आचार्यको भनाइ छ । ‘बाँकी पनि रिपोर्ट आउने क्रममा छन्’ ल्याव इन्चार्ज आचार्यले भने, ‘हालसम्म कर्णालीमा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।’

परीक्षण गर्न नमूना कैलाली पठाइयो
कर्णालीको सुर्खेतमा कोरोना भाइसरको परीक्षण गर्ने प्रदेश प्रयोगशालाको आरटी–पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन) मेसिनको क्षमता न्यून भएपछि एकसय पाँच जनाको परीक्षण नमूना सुदुरपश्चिम प्रदेशको कैलाली पठाइएको छ ।

चैत ३१ गते संकलित एकसय पाँच वटा नमूना परीक्षणका लागि कैलाली पठाइएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् । कैलालीमा कोरोना परीक्षण गर्ने मेसिको क्षमता बढी भएपछि कर्णालीले सहयोग मागेको उनको भनाइ छ । सुदरपश्चिम प्रदेशमा पर्याप्त नमूना संकलन भएपछि भने कर्णालीले नमूना परीक्षणका लागि काठमाडौं नै पठाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया