तरकारी र फलफूल आयतमा प्रतिबन्ध, बाली भित्र्याउन र लगाउनभने पाइने

सुर्खेत, २ बैशाख ।
कोरोना भाइरसको त्रास बढ्दै गएपछि कर्णाली प्रदेशले लकडाउनलाई थपकडाइ गर्ने भएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिले लकडाउनलाई थपकडाइ गर्न तरकारी तथा फलफूल र दुग्ध जन्य पदार्थ ल्याउनमा प्रतिबन्धलगाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवबिक्रम बुढाथोकीले जानकारी दिए । कर्णालीमा कोरोना संकमण भित्रन नदिन बाह्य प्रदेशबाट दुध, दुग्ध जन्य पदार्थ, तरकारी, फलफूल र पशुपंक्षीसमेत ल्याउन नदिने निर्णय गरेको हो ।

तर किसानलाई मौसमी बाली भित्याउने र बाली लगाउने दिने भएको छ । यद्यपी बालि भित्र्याउँदा र लगाउँदा भने खेताला तथा श्रमिक प्रयोग गर्न पाइने छैन । त्यस्तै लकडाउन अवधिभर विशिष्ठ प्रयोग बाहेकका सवारी साधनहरुको आवागमनमा पूर्णरुपमा रोक लगाउने भएको छ । त्यस्तै लकडाउनलाई थप प्रभावकारी बनाउन छिमेकी प्रदेश र जिल्लाबाट नागरिकहरु भित्रिने सल्यानको कपुरकोट, कालिमाटी, सुर्खेतको बबई, पञ्चपुरी कुइने र चौकुने नाकामा थप सशस्त्र प्रहरीले आवश्यक खटाउने भएको छ ।  तर सीमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग गरी हुने विकास निर्माणका कामहरु भने सञ्चालन हुन दिने भएको छ । समितिले दैनिक ज्यालामजदुरी गर्ने र अन्य जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीहरु परिहचान गरी राहत वितरणलाई गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया