सानिमा बैंकको १० लाख सहयोग

सुर्खेत, २ बैशाख ।

कोरोना भाईसर रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि स्थापित प्रदेश स्तरिय विपद् कोषमा सहयोग संकलन कार्य जारी रहेको छ । मंगलबार सानिमा बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतले १० लाखको चेक हस्तान्तरण गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सानिमा बैंकको कर्मचारीहरुको एक टोली पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री शाहीले कोरोना भाईरसको संकटमा निजी क्षेत्रमा उत्साहपूर्ण सहयोग प्राप्त भैरहेको बताए ।


उनले भने ‘सानिमा बैंक जस्तै धेरै वित्तिय संस्थाहरुले यो महासंकटमा हातेमालो गर्नुभएको छ । यसका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’ तीनै तह संघीय, प्रदेश र स्थानीय सरकारले विपद् कोष छुट्टा छुट्टै स्थापना गरेर कोषमा स्वच्छिक रुपमा सहयोग जुटनेक्रम जारी रहेको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै यस अघि भाटभटेनी डिपाटमेन्टल स्टोर र सुर्खेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २५÷२५ लाख सहयोग गरेका थिए । यो संगै सुर्खेतमा कार्यक्षेत्र बनाएर काम गरिरहेका धेरै वित्तिय संस्थाहरुले प्रदेश कोषमा सहयोग रकम जम्मा गरेका छन् भने केही संस्थाले वीरेन्द्रनगर नगरपालिकाको नगर स्तरिय विपद् कोषमा समेत सहयोग जम्मा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार