उपभोग्य तथा औषधी आपूर्तिमा ध्यान दिन राजमोको माग

सुर्खेत, २ बैशाख ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले लकडाउनको समयमा कर्णाली प्रदेशमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आपुर्तिमा विशेष ध्यान दिन आग्रह गरेको छ । भौगोलिक रुपमा विकट कर्णाली क्षेत्रमा सहज अवस्थामा समेत अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा औषधि को आपुर्ती असहज हुने गरेको अवस्थामा लकडाउनका कारण उत्पन्न परिस्थितिप्रति ध्यान दिन राजमो प्रदेश समितिले तीनवटै सरकारसँग आग्रह गरेको हो ।

राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष भरत शाहीले एक वक्तव्य प्रकाशित गरी नेपालमै पर्याप्त स्वास्थ्य उपचारको सम्भावना नरहेको अवस्थामा कर्णाली प्रदेशमा झनै दयनीय अवस्था रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको छैन । अध्यक्ष शाहीले कर्णालीमा जस्तै देशव्यापी कोरोना नभेटियोस् भन्ने कामना गर्दै ‘भन्नुभएको छ, ‘तर कामनाले मात्रै केही हुँदैन, त्यसका लागि सरकारले पर्याप्त तयारी गर्नुपर्दछ ।’ अध्यक्ष शाहीद्वारा जारी वक्तव्यमा कोरोना रोकथाम तथा उपचार र लकडाउनमा नागरिकको उचित व्यवस्थापनबारे सरकारलाई ७ बुँदे सुझाव दिइएको छ ।

१) लकडाउन यही अवस्थामा लम्बिदै गएको खण्डमा कर्णाली प्रदेशका कयौ स्थानहरूमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरूको संकट पैदा हुने भएकाले यस्तो संकट आउन नदिनको लागि प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिकाहरुले पूर्व तयारीका उपायहरु अपनाउन आवश्यक रहेको छ ।

२) विपन्न तथा गरिबलाई राहत वितरण गर्ने लगाएतका कतिपय कार्यलाई पारदर्शि बनाउन राजनीतिक दलहरुसँग सामञ्जस्याता कायम गर्नु पर्ने आवश्यक्ता रहेको छ ।

३) लकडाउनका बेला आफ्नो घर तथा सुरक्षित बासमा फर्कन नपाएका विद्यार्थीहरू, कामदारहरू लगाएतका मानिसहरूलाई आफ्ना घर तथा सुरक्षित स्थानमा व्यावस्थित रुपमा फर्काउन तथा उनिहरुकोलागि आवश्याक व्यावस्थापन मिलाउन आवश्यक रहेको छ ।


४) दैनिक उपभोग्य सामाग्रिहरु लगाएतका बस्तुहरुको विक्रिवितरणमा कालो बजारी हुन नदिन, राहत वितरण लगाएतका कार्यक्रमहरुमा चुहावट हुन नदिन निष्पक्ष तथा भरपर्दो अनुगमनको आवश्यक्ता रहेको छ ।

५) अहिले कोरोना भाइरस तथा लकडाउनका कारण अन्य रोगी तथा विरामी र स्वास्थ्य समस्या भएका मानिसहरुको लागि उपचारमा जटिलता पैदा हुन नदिनको लागि सहज उपचार व्यावस्था मिलाउन आवश्यक रहेको छ ।

६) विदेशबाट कर्णाली प्रदेशमा भित्रिएका नागरिकहरूको पहिचान गरी उनिहरुको व्यवस्थित तरिकाले स्वास्थ्य जाँच गर्ने कुरामा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता रहेको छ ।

७) क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहेका व्यक्तिहरू मध्य केही ब्यक्तिहरुलाई मात्र छनौट गरी उनीहरुको नमुना स्वाब परिक्षण गर्ने गरिएको र अधिकांश ब्यक्तिहरुको स्वाब परीक्षण गर्न छुटाईएको पाईएकाले यसो नगरी कुनै पनि व्यक्तिलाई नछुटाई उनीहरुको स्वास्थ्य तथा स्वाब परिक्षण गर्ने कुरामा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार