१९१ घरधुरीलाई निशुल्क मास्क र सावुन

रामचन्द्र न्यौपाने
डोल्पा, २ बैशाख ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं. ९ चुँगाउँका युवाहरुले आफ्नो वडामा निःशुल्क मास्क र साबुन बितरण गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट पुर्व सतर्कताका लागि १ सय ९१ धरधुरीलाई निःशुल्क मास्क र साबुन बितरण गरिएको हो ।

स्थानीय युवा धन प्रसाद बुढा, अमिस बुढा र सुक बहादुर बुढाले संयुक्त रुपमा रकम उठायर सर्वसाधारणका लागि मास्क र सावुन खरिद गरि बितरण गरेको वडा कार्यालयले जनाएको छ । कोभिड–१९ जस्तो महामारी बिरुद्धलड्न गाउँका १ सय ९१ घरधुरीमा साबुन र ६ सय ५८ मास्क निःशुल्क बाँडेको युवा धन प्रसाद बुढाले जानकारी दिए । “गरिबिका कारण गाउँका कतिपय सर्वसाधारणले साबुन र मास्कको प्रयोग गर्न पाएका थिएनन्, हामिले बितरण गरिसकेपछि खुशी हुँदै नियमित मास्क लगाउने र साबुनले हातधुनुका साथै सरसफाई गर्ने बाचा गरे” बुढाले भने ।


विपतको घडिमा आफु पनि बचौँ र अरुलाई पनि बचाउँ भन्ने अभिप्रायले युवाहरुले मास्क र साबुन बाँडेर उदाहरणीय काम गरेको जनप्रिय आधारभुत बिद्यालयका प्रधानाध्यापक गम बहादुर बुढाले बताए । स्थानीय बुद्धिजिवि, वडाप्रतिनिधि, सुरक्षाकर्मी सहितको रोहबरमा प्रत्येक घरमा पुगेर बितरण गरिएको थियो । स्थानीय युवाहरुले नमुना काम गरेको भन्दै वडा कार्यालयले धन्यवाद समेत दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार