ट्याक्टर दुर्घटनामा ८ बालबालिका घाइते

दैलेख, १ बैशाख ।

आठबीस नगरपालिका वडा १ सात्तला झुँजको धनबीरे गडा नजिक ट्याक्टर दुर्घटना भएको छ । सोमबार दिउँसो करिब ४ः३० बजेतिर कर्णाली प्रदेश ०२००१ त ००५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ८ जना बालबालिका घाइते भएका छन् । जसमा घाइते मध्ये ६ जना बालकहरु ११ बर्षिय निराजन रावत, १२ बर्षिय खगेन्द्र नेपाली, १० बर्षीय कुशुम नेपाली, १०बर्षिय नवीन नेपाली, १२ बर्षिय नमराज नेपाली र ८ बर्षिय हिम नेपालीको अबस्था चिन्ताजनक छ । ११ बर्षिय जीवन बिक र १८ बर्षिय महेन्द्र बिक गम्भीर घाइते भएका छन् ।


हाल घाइतेहरुको सात्तला स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको छ भने आठै ८ जना घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गर्ने तयारी भैरहेको छ । आठबीस नगरपालिका वडा नं. १ स्थित भानु आधारभुत बिद्यालयको भवन निर्माणका लागि बालुवा ढुवानी गरी फर्किनेक्रममा ट्याक्टर दुर्घटना भएको हो । घाइतेहरु ७ सातै जना आठबीस नगरपालिका वडा न.१ सात्तला,सिमगाँउ स्थित एकै दलित समुदाय का हुन भने घाइते निराजन रावत आठबीस नपा १ सात्तला झुँज टिमिलसैन का हुन । ट्याक्टर चालक र सहचालक फरार रहेका छ्न् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार