मेरो स्मृतिमा ‘युगआह्वान’

कमलेश डिसी/सहायक डिन
मानविकि र सामाजिक शास्त्र संकाय,
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत
युगआह्वानको प्रकाशन यात्रा २० औं वर्षमा प्रवेश गरिसकेको छ । दुई दशकपूर्णको त्यो क्षणलाई सम्झदा मनै प्रफुल्ल भएर आउँछ । उतिबेला पत्रकार महासंघ सुर्खेत शाखाको सभापति थिएँ र पार्टीमा तत्कालिन एमाले प्रचार विभागको अञ्चल कमिटीको सदस्य पनि थिए । मेरा राजनीतिक गुरु र सहपाठी हुनुहुन्थ्यो एमाले नेता ऋषि शर्मा । पार्टीका गतिविधिलाई जनतामाझ लैजान संचार माध्यमको खाँचो महशुस गरियो ।

तत्कालिन एमाले सुर्खेतका आर्थिक विभाग प्रमुख ध्रुव शाही लगायतका साथीहरु पनि पार्टी विस्तार र जागरणका लागि आप्mनै संचार माध्यम चाहिन्छ भन्ने कुरामा जोड दिनुहुन्थ्यो । अन्ततः जिल्ला कमिटीको निर्णय बमोजिम एउटा पत्रिका प्रकाशन गर्ने र त्यसको सम्पादक पार्टी सचिव कमरेड ऋषि नै रहने कुरा भयो । पत्रिकाको नाम जुराएर दर्ता गर्ने जिम्मा मेरो भागमा आयो । तीनवटा नाम सूचना विभागमा पेश गर्नुपर्ने ती नामहरु नेपाल भरिबाट प्रकाशन हुने कुनै अखबारसँग नजुध्नुपर्ने कानूनी व्यवस्था थियो । अहिले पनि त्यहि नै होला । युगआह्वान युग सन्देश, युग चेतना गरी तीन वटा नाम पेश गरियो ।

यी मध्ये युगआह्वान नै जुधेन र जिल्ला कमिटीले पनि यहि नामलाई उपयुक्त ठहर ग¥यो । यी नामहरु सोच्न मलाई तीन दिन लागेको थियो । एउटा सञ्चार माध्यमले जनता र पार्टीले चाहेको युगलाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने मनशायका साथ यो नाम जुराइएको थियो । पत्रिका दर्ता भएर प्रकाशन आरम्भ हुँदा अन्य साथीहरु पनि जोडिनु भयो । म कार्यकारी सम्पादक भएँ । व्यवस्थापकिय र अन्य प्रकाशन कार्यमा सहयोग गर्न तत्कालीन प्रेस चौतारीका अध्यक्ष भावुक डिसी र भीम सुवेदी रहनुभयो ।

ऋषिजी पार्टी काममा धेरै व्यस्त हुनुपर्ने भएकोले पत्रिकाको सम्पादन र प्रकाशनको मूल जिम्मेवारीमै माथि थियो । आर्थिक रुपमा विभिन्न योजना बनाएर सहयोग गर्ने कुरामा ध्रुवजीको ठूलो भूमिका थियो । त्यत्तिबेला पत्रिका चलाउनु निकै कठिन थियो । मुलुक संकटकालमा थियो पत्रकारहरु खुकुरीको धारमा थिए । तत्कालिन विद्रोही माओवादी र राज्य पक्षबाट दुवैबाट पत्रकारहरुलाई धम्की आउँथ्यो । सशस्त्र द्वन्द्व भइरहेको बेला तटस्थ भूमिका निर्वाह गर्न निकै चुनौतिपूर्ण थियो ।


म महासंघको नेतृत्वमा पनि भएकोले चौतर्फी कामको दबाव थियो । त्यत्तिबेला सामाजिक भूमिका निर्वाह गर्न आज जस्तो सजिलो थिएन । शब्दहरु निकै तौलेर लेख्नु पथ्र्यौ । कैयौ पटक हामीले सुरक्षा फौज र प्रशासनको धम्की खानुपथ्र्यो भने विद्रोही पक्षलाई पनि स्पष्टिकरण दिनुपथ्र्यो । मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिसाबले त्यो क्षण सम्झदा पनि आङ्सिरिङ्ग हुन्छ । ता पनि सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक र पाठकहरुको माया, ममता र सहयोगले युगआह्वानको यात्रा अघि बढिरह्यो ।

ऋषिजीको हत्या भएको १२ वर्ष पुग्नै लाग्दा युगआह्वान दैनिक आफ्नो स्तरबृद्धि गरी प्रकाशित भैरहेको छ । यसले कमरेड ऋषिको सपना सकार पार्न सकोस् र सुर्खेती पत्रकारिता विकासमा उल्लेखनिय उपलब्धि पु¥याउन सकोस् । अहिले फर्केर हेर्दा मानसपटलमा ती क्षणहरु पटक पटक आइरहन्छन् । आजको अवस्था मुलुकले आँधिमय परिवर्तनको यात्रा पूरा गरिसकेको छ । युगान्तकारी परिवर्तन युगआह्वानको गुण र मात्रामा पनि परिवर्तनको यात्रा पूरा गरिसकेको छ । युगान्तकारी परिवर्तनसँग युगआह्वानको गुण र मात्रामा पनि परिवर्तन भएको छ ।
अहिले रंगिन (कलर) मा दैनिक रुपमा यसको प्रकाशन भइरहेको छ ।

आफैले तय गरेको प्रकाशन यात्रामा संयोगले मैले पत्रकारिता पढाएको एउटा उत्साही र सिर्जनशील विद्यार्थी दीपक बुढाले नै यसलाई पल्लबित बनाएको देख्न पाउँदा हर्षको सिमा नै छैन । आशा छ, साँच्चै दीपक जी सञ्चारको दीयो बनेर युगआह्वान मार्फत समाजमा उज्यालो क्रान्ति छर्न दीपक सफल हुन सकुन । युगआह्वान पनि युगौयुगसम्म बाँचिरहोस । २० औ बार्षिकउत्सवमा यहि शुभकामना व्यक्त गर्न चाहन्छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार