युगआह्वान : विगतदेखि वर्तमानसम्म

युवराज शर्मा/निवर्तमान सम्पादक
हाल : उपप्राध्यापक तथा पत्रकारिता र आमसञ्चार शिक्षण समिति प्रमुख
मध्यपश्चिम विश्वविद्यालय विश्वविद्यालय, सुर्खेत

रेडियोभित्र स–साना मान्छे हुन्छन् र तिनीहरु बोल्छन् भनेर चुप लगाउनु हुन्थ्यो मेरी हजुरआमाले मलाई सानो छदा । हजुर बुवाकै पालादेखि दलिनमा झुण्ड्याइएको लाइसेन्सप्राप्त रेडियो बजिरहदा रेडियो कसरी बज्छ भन्ने मेरो प्रश्नको उत्तर दि“दै हजुरआमाले मेरो उत्सुक मनलाई बुझाउन यही उत्तर दिनुभएको थियो । म पनि यसैगरी रेडियोमा बोल्नुपर्छ भन्ने इराधाले मलाई त्येतिबेलैदेखि पछ्याइरह्यो । अन्ततः रेडियो भेरी एफ.एम. सुर्खेतबाट मेरो धोको पुरा गरे । रेडियोमा काम गर्दै जा“दा म मा पत्रकारिताको नसा पस्यो र मैले पत्रकार बन्ने निर्णय गरे । पत्रकारितामै अध्ययन सकेर सुर्खेत फर्किएपछि स्थानीय जागरण एफएममा काम गरे ।

पत्रकारिता अध्ययन गर्दा छापा माध्यमलाई ऐच्छिक विषयको रुपमा अध्ययन गरेको मैले अध्ययनलाई व्यवहारमा उतार्ने मौका भने युगआह्वान पत्रिकामा आवद्ध भएपछि प्राप्त गरे । हुनत यसअघि पनि अध्ययनकै क्रममा सिकारु पत्रकारका रुपमा कान्तिपुर दैनिक पत्रिकामा पनि मैले काम गर्ने मौका पाइसकेको थिए । यद्यपि व्यवसायीक छापा पत्रकारिता युग आह्वानबाटै सुरु गरेको थिए । युगआह्वान दैनिक २० वर्ष प्रवेश गर्न लाग्दा अनुभव लेखिदिन हालका प्रकाशक सम्पादक दीपक बुढाले फोन गरेर पूर्व सम्पादकको हैसियतले अनुभव लेखिदिन अनुरोध गरेपछि मैले पत्रकारिताको मेरो अनुभव लेख्ने धृष्टता गरेको हु“ ।

२०५७ साल फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ११ नम्बरमा साप्ताहिक पत्रिकाको रुपमा दर्ता भएको युगआह्वान पत्रिका अहिले सुर्खेतकै पहिलो ब्रोडसिट दैनिकको रुपमा परिचित छ । स्थापनाकालमा ऋषिप्रसाद शर्मा प्रकाशक÷सम्पादक रहेको यस साप्ताहिकको कार्यकारी सम्पादक कमलेश डिसी हुनुहुन्थ्यो । त्यसैगरी भावुक डिसी र भिमराज सुवेदीले व्यवस्थापकको भूमिका निर्वाह गर्नुभएको थियो । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको शाही कू पछि बन्द भएको यो साप्ताहिक पत्रिका २०६६ साल पुष १४ गतेदेखि पुनः प्रकाशन हुन थाल्यो । त्यतिबेला यस पत्रिकाको प्रकाशक÷सम्पादक टीकाराम शर्मा हुनुहुन्थ्यो । पत्रिकालाई बजारमा रुचाइएपछि दैनिक बनाउनुपर्ने सुझाव आउन थालेपछि २०६६ साल चैत २९ गतेदेखि युगआह्वान दैनिकमा परिणत भयो ।

२०६७ साल साउन १ गतेदेखि लागु हुनेगरी यस दैनिकका प्रकाशकले मलाई सम्पादकमा नियुक्त गरेपछि मैले पनि यस पत्रिकाको निरन्तरतालाई अटुट राखे । मलाई सहयोग गर्ने त्यतिबेलाका कलमजीविहरु का“शिराम शर्मा, कमल न्यौपाने, रिता कँडेल, कम्प्यूटर अपरेटर ओमप्रसाद रेग्मी लगायत बेलाबेलामा सहयोग गर्ने दुर्गा थापा, ललित बुढा, गोविन्द खत्री, खेमराज वलीलाई सम्झिन चाहान्छु । त्यसैगरी पत्रिका वितरणमा योगदान दिने भाइबहिनीहरुको मन खोलेर प्रशंसा गर्न चाहन्छु ।

सानो बजार, धेरै प्रतिस्पर्धी, अस्वस्थ प्रतिस्पर्धा, पत्रिकालाई पार्टी र व्यक्तिनिकट राखेर हेर्ने सामाजिक मानसिकतालाई चिर्दै र प्रतिकुलतालाई पनि अनुकुलतामा परिणत गर्दै यो पत्रिका आजसम्म सूचनाको सम्वाहक बनेर रहेको छ । कुनैबेलाको हिस्सेदार भएको नाताले ब्घ आकारको श्यामस्वेत पत्रिका आज रङ्गीन ब्रोडसिट भएर २० औं वर्ष प्रवेश गर्दा आनन्दको अनुभूति हुन्छ र गर्वले छाति चौडा हुन्छ । त्यतिबेलादेखि अहिलेसम्म गरिएका सुकर्मको फलले हामीले जन्माएर हुर्काउदै ल्याएको पत्रिका आज पनि जनजनको सूचना र ज्ञानको सम्बाहक भएको देख्दा जीवनमा पैसा मात्र सबथोक होइन भन्ने भान भइरहेको छ ।

मैले सम्पादन गर्दाताका एउटा कम्प्यूटर र एउटा प्रिन्टर मात्र पत्रिकाको सम्पत्ति थिए । परिस्थिति नै त्यस्तै थियो । अहिलेजस्तो् बिज्ञापनकर्ताहरु जागरुक भैसकेका थिएनन् । आम्दानीका स्रोत पर्याप्त थिएनन् । सरकारी र गैरसरकारी क्षेत्रबाट प्राप्त हुने पत्रकार र कर्मचारीलाई पारिश्रमिक दिन हम्मे हम्मे पथ्र्यो । तै पनि पाठक वर्गमा सूचना प्रवाह गर्न छोडिएन । गलत कामको खवरदारी गर्न छोडिएन । त्यस्तै राम्रा कामको पनि प्रसंसा गरियो । यसबाट झनै पत्रिका फस्टाउदै गयो । आम्दानीका श्रोतहरु पनि बढ्दै जान थाले । यसको जग भनेकै हाम्रो पत्रकारिताप्रतिको निष्ठा र त्याग हो । पत्रकारिता समाजको ऐना हो यसले समाजलाई जस्ताको तस्तै उतार्नुपर्छ । समाजलाई नियाल्ने र कटु यथार्थ सार्वजनिक गर्ने सबैभन्दा सशक्त माध्यम नै पत्रकारिता हो भन्ने बुझेका हामीले पत्रिका प्रकाशन गर्दासम्म पत्रकारिताको धर्मलाई कहिल्यै मर्न दिएनौं । बरु अनेकतामा विभाजित भएकाहरुलाई एकताको सुत्रमा बा“ध्ने कामलाई निरन्तरता दिदै आयौ“ ।


पत्रकारिताको कोही पक्ष र कोही विपक्षमा हुदैन त्यसैले सत्य, निश्पक्ष र विश्वसनीय सूचनाको सम्प्रेसन गर्नुपर्छ भन्नेमा हामी अडिग थियौं र रह्यौ । जुन अहिलेसम्म कायमै छ भन्ने हामीलाई लागेको छ । रिपोर्टिङ्गका लागि सम्बन्धित क्षेत्रमा पुग्न हामीस“ग साधनको अभाव थियो । खल्तिमा भोक मार्न चाहिने दामको पनि अभाव थियो । युग आह्वानलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन हामीले धेरै समस्याहरु पनि भोग्यौं । हामीले भोगेका समस्याहरुलाई समाधान गर्दै यहा“सम्म पुग्यौ“ ।

समस्याहरु :
भौगोलिक कठिनाई :भौगोलिक कठिनाई पत्रिकाको विकासमा बाधक बनेको थियो । गाउ“गाउ“मा पत्रिका पु¥याउनुपर्ने हाम्रो सोचलाई भौगोलिक कठिनाईले अवरोध सिर्जना गरेको थियो । बाटोघाटोको पहु“चस“गै यातायातको सुबिधा भएपछि यो समस्या हाल आएर केही कम भएको छ ।

विद्युत सेवा अवरुद्ध हुनु : सामान्य हावाहुरीले पनि सजिलै अवरुद्ध गरिदिने सुर्खेतको विद्युत सेवाको मारमा हामी पत्रकार र हाम्रो पत्रकारिता थियो । पत्रिकाको निरन्तरतामा यसले निकै समस्या उत्पन्न गरिदिन्थ्यो ।

अप्रयाप्त लगानी : चाहेजस्तो लगानी विना नै सुरु गरिएको यस पत्रिकाले सुरुका वर्षहरुमा आर्थिक मार खेप्नुप¥यो । थोरै लगानीबाट सुरु गरिएको र आम्दानीका अन्य श्रोत नभएको हु“दा यसले आफ्नो विकासमा केही वर्ष पर्खनुप¥यो ।

दक्ष जनशक्तिको अभाव : पत्रकारिता एक्लैले गर्न त खोजिन्छ तर यो एक्लैले गर्न सकिने पेशा भने पक्कै पनि होइन । यसको विकासमा धेरैजना दक्ष व्यक्तिको खा“चो पर्दछ । तर बजारमा दक्ष जनशक्तिको अभाव थियो । यसकारण पनि पत्रिकाले समस्या भोग्नुपरेको थियो ।

पार्टी र व्यक्तिसँग जोडेर पत्रिकालाई हेरिनु : यस पत्रिकाको स्थापनाकालका प्रकाशक÷सम्पादक ऋषिप्रसाद शर्मा तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी एमालेस“ग सम्बन्धीत रहेकै आधारबाट यस पत्रिकालाई हर्ने गरियो । जसका कारण निश्पक्ष पत्रकारिताको अभ्यासमा लागेका हामीहरुले राजनैतिक समस्याहरु पनि बेहोर्नुप¥यो ।

समाधानका उपायहरु : हामीले त्यतिबेला अपनाएका र आज पनि अपनाउनुपर्ने मैले देखेका समाधानका केही उपायहरु अपनाउन आजका प्रकाशक÷सम्पादकलाई सुझाव दिन चाहन्छु ।
१. भौगोलिक विकटताले खुम्च्याएको कर्णालीको पत्रकारितालाई व्यवस्थित र विस्तार गर्न सकेसम्म विस्तारको नीतिलाई अवलम्बन गर्नुपर्ने देखिन्छ ।
२. विद्युतको असहजताले खुम्चिने गरेको पत्रकारिताको विकासका लागि वैकल्पिक व्यवस्थाको जगेडा गर्न जरुरी छ ।
३. जनचेतना फैलाउने प्रभावकारी यन्त्र भनेकै सञ्चार माध्यम हुन् । गरिवीकै कारण कतिपय मानिसहरुले यस्ता माध्यमको प्रयोग गर्न सकिरहेका छैनन् । त्यस्ता व्यक्ति र समुदायका लागि साथी बन्न तयार हुनुपर्दछ ।
४. अप्रयाप्त लगानीमै सञ्चारमाध्यम सञ्चालन गर्ने चलनले न त पत्रकारिता क्षेत्र हुर्कन पायो, न त सञ्चालकहरुको लगानीले प्रतिफल हाँसिल ग¥यो । यस्तो समस्याबाट मुक्ति पाउन मिडियामा गर्ने लगानी बढाउन आवश्यक देखिन्छ ।
५. पत्रकारिता समाजको पहरेदार हो भन्ने उक्ति हामी सबै पत्रकारहरुले सुनिरहेकै कुरा हो तर पनि कर्णाली प्रदेशको पत्रकारिताले यसलाई प्रभावकारी रुपले लागु गर्न सकिरहेको छैन । त्यसैले जनमुखी पत्रकारितामार्फत पेशागत उन्नयनमा लाग्ने हो भने पत्रकारिता पनि मर्यादित पेशाको रुपमा दर्ज हुँदै जान्छ ।
६. यो प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्यमले बौद्धिक र अनुभवप्राप्त जनशक्तिको अभावमा समाजसामु चिन्तन र मननयोग्य सामग्री पस्कन सकेका छैनन् । त्यसैले पत्रकारहरुले सम्बन्धित विषयमा शैक्षिक उपाधि हाँसिल गर्नुपर्दछ र बेलाबेलामा तालिमहरुको आयोजना गर्न यस पत्रिकाका प्रकाशक÷सम्पादकको ध्यान जान आवश्यक देखिन्छ ।
७. आजको पत्रकारिता क्रियाशिलताभन्दा पनि कर्मकाण्डमा निर्भर छ । निश्चित विषयमा गहन अनुसन्धान गरी समस्याको गहिराइमा पुगेर सबै तत्वहरु केलाएर मात्र समाचार लेख्नुपर्नेमा हल्ला र अरुले गरिदिएका कार्यक्रमलाई आधार मानी पत्रकारिता गर्न थालिएपछि यसले जनविश्वास गुमाउदै गएको प्रष्ट छ । तसर्थ आजका दिनमा आफ्नो फरक पहिचानलाई जोगाइराख्न अनुसन्धानको आवश्यक्ता देखिन्छ ।

अतः अनेकौं बाधा अड्चनको सामना गर्दै आएको यस पत्रिकालाई जीवन्त राख्न र पाठकमाझ सूचनाको दीयो बालिराख्न युग आह्वान दैनिक र यसको सञ्चालक समूह सधै अब्बल रहोस । सत्यबाट कदापि पछी नहटोस । यसले नेपाली पत्रकारिताको क्षेत्रमा अनन्त यात्राको गति लिइसकेको छ । आगामी दिनमा पनि यसैगरी मनका कुरा लेख्ने अवसर जुटिरहोस । युग आह्वानकै माध्यमबाट सूचना समाज निर्माण गर्ने हाम्रो महान उद्देश्यबाट रत्तिभर विचलित नभएर युगौयुग चेतनाको विगुल फूकिरहोस । हार्दिक शुभकामना ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार