सिम्तामा नेकपाले बाँड्यो सावुन

दुर्गा विसि

सुर्खेत, ३०  चैत्र, ।

सुर्खेत सिम्ता गाउँपालिका वडा १ नेकपाले ६ सय ८० घरपरिवारलाई सावुन वितरण गरेको छ । काेभिड-१९ काे राेकथाम र जनचेतनामूलक सन्देश दिदै घरघरमा पुगेर साबुन बाड्नुका साथै यश वारे सचेतना दिने उदेश्यले समेत अभियान चलाएको छ । प्रती घरपरिवारलाई २ वटा सावुन समेत प्रदान गर्दै सिम्ता वडा नं १ बाँखर्क सृजना वजार,लुकुइ,घाेरेटा,सुन्ताेला,गान्द्रा लगाएतका स्थानका टाेल वस्तिमा पुगेर सावुनसँगै जनचेतना दिने गरिएको नेकपा वडा १ का पार्टी अध्यक्ष चित्रवहादुर वुढाथाेकिले जानकारी दिनु भएकाे छ । उक्त सहभागि कार्यक्रम वडा सदस्य जनप्रतिनिधि,वडा अध्यक्ष मानसिंह विक,वेदराम राना लगाएतको टाेलिले काेराेना राेकथाम तथा नियन्त्रणका सम्बन्धमा अभियान सञ्चालन गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार