६० घर परिवारलाई राहत बितरण

जाजरकोट (खलंगा), ३० चैत्र ।

भेरी नगरपालिका वडा नं १ मा ज्याला मजदुरी गरेर जिवन गुजार गर्ने ६० घर परीवारलाईे राहत स्वरुप खाद्यान्न सामाग्रीहरु सहयोग गरेको छ । भेरी नगरपालिकाले निर्माण गरेको टोल स्तरीय छरितो प्रतिकार कार्यदलले छनौट गरेका ज्याला मजदुरीमा आश्रीत अति विपन्न ६० घर परिवारलाई वडामा संकलन भएको सहयोग रकमबाट राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष दीपक रानाले बताउनुभयो ।
आइतबार वडाका विभिन्न टोलमा आयोजित वितरण कार्यक्रममा प्रति परिवार ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरिएको वडा सदस्य बिमला बस्नेतले बताउनुभयो ।

केही दिन अगाडी वडा समितिको बैठकबसी वडामा समस्यामा परेका घर परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागि वडावासी बुद्धीजीवी, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवी, राजनीतीज्ञ, जनप्रतिनिधि सबैले स्वस्फुर्त रुपमा रकम जम्मा गरी ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्ण घर परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सो क्रममा ७६ हजार ६ सय रकम उठेको थियो भने हाल सम्म पनि सहयोग रकम स्वस्फुर्त रुपमा जम्मा गर्ने क्रमजारी रहेको वडाध्यक्ष रानाको भनाई छ । एउटै स्तरको व्यक्ति एक जना राहतको लागि नाम लेखाउ नआउने र अर्कोले मैले सहयोग गर्न पाउँछुकी पाउँदिन भनेर सहयोग गर्नको लागि आउने गरेको समेत अध्यक्ष रानाको भनाई छ ।

भेरी नगरपालिकाले सवैवडामा दैनिक ज्यालादारीमा काम गरी छाक टार्ने घर परिवारको तथ्यांक संकलन गरिरहेकाले नगरपालिकाले गर्ने सहयोगबाट अन्य विपन्न घर परिवारहरुलाई वितरण गरिने नगरकार्यपालिका सदस्य बीर वहादुर बादीले बताउनुभयो । आफुहरुका लागि यो सहयोग ले ठुलो राहत पुगेको भेरी नगरपालिका १ का प्रेमकला परियारले बताउनुभयो । ज्याला मजदुरी काम गर्ने अवसर नपाई भोकमारी पर्ने अवस्थामा भएको यस सहयोगले आफ्नो परीवारमा खुसी छाएको स्थानीय परबीर दमाइले बताउनुभयो । यसरी समुदाय स्तरबाट रकम संकलन गरी सबैले आआफ्नो वडामा रहेका ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई सहयोग गर्ने हो भने जिल्लाभरी नै भोकमरीको समस्या नरहने गैसस महासंघ जाजरकोटका सचिव सहदेब बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया