हिमशिखर क्याम्पस र छिन्चु महिला सहकारीको सहयोग

सुर्खेत, ३० चैत्र ।


कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि भेरीगंगा नगरपालिका छिन्चुले राहत कोष स्थापना गरेको छ । नगरपालिकाले आफ्नो एक करोड बजेटमा स्थापना गरेको कोषमा विभिन्न सामाजिक संघ संस्थाहरुबाट सहयोग हुनेक्रम जारी रहेको छ ।
आइतबार हिमशिखर बहुमुखी क्याम्पस रामघाटमा कार्यरत शिक्षक, कर्मचारीहरुको तर्फबाट भेरीगंगा नगरपालिकाको विपद् कोषमा २५ हजारको चेक हस्तान्तरण गरिएको छ । क्याम्पस प्रमुख धनसिं खड्काले नगर प्रमुख भुपेन्द्र बहादुर चन्दलाई हस्तान्तरण गरेका थिए ।


त्यसैगरी छिन्चु महिला साना किसान कृषि सहकारी संस्था लि. भेरीगंगा–१२ छिन्चुले नगरपालिकाको राहत कोषमा २५ हजारको चेक हस्तान्तरण गरेको छ । सहकारीका अध्यक्ष उमा कुमारी शर्मा, सचिव पञ्चकला रावतले नगर प्रमुख भुपेन्द्र बहादुर चन्दलाई चेक हस्तान्तरण गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार