कोरोनाको सुरक्षा सामग्री पठाइयो

सुर्खेत, ३० चैत ।

दैलेखी सेवा समाज काठमाडौं र मनघरी फाउण्डेशन नेपालको अगुवाईमा दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा कोरोना भाइरस संक्रमण रोकथाममा प्रयोग हुने सामाग्री पठाइएको छ । प्रत्येक स्थानीय तहका लागि ७÷७ थान र जिल्ला अस्पताललाई १२ थान गरी जम्मा ८९ पीपीई सेट, दुई हजार थान मास्क, एक हजार थान ग्लोब्स र १० बोतल सेनिटाईजर काठमाडौंबाट दैलेख पठाइएको छ ।


यी स्वास्थ्य सामाग्रीहरु सिराह समाजका अध्यक्ष बद्रीनारायण शाह (शिक्षण अस्पतालमा कार्यरत), राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुन, मनघरी फाउण्डेशन नेपालका सल्लाहकार डा. रविन खड्का र सिए मनोज ज्ञवली, भिआरएफएनका विनोद अधिकारी, नारायण अधिकारी, नवराज अधिकारी, धादिङ सेवा समाजका अध्यक्ष निराजन कँडेलले विशेष सहयोग गरेका थिए ।

स्वास्थ्य सामाग्री संकलनमा दैलेखी सेवा सामाजका अध्यक्ष प्रताप शाही, महासचिव मोहन शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्दु थापाले अगुवाई गरेका थिए । उक्त सामाग्री दैलेखसम्म पु¥याउन स्वास्थ्य निर्देशानलयका प्राविधिक अधिकृत कलम कुमार थापाले सहयोग गरेको जनाइएको छ ।



ताजा समाचार