स्याक नेपालको सामान सहयोग

सुर्खेत, २९ चैत्र ।
समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतका दुई स्थानीय तहलाई सामाग्री सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामाग्री सहयोग गरेको छ । स्याक नेपालले एकद्धार प्रर्णालीमार्फत सुर्खेतको सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकालाई सामाग्री सहयोग गरेको हो । सिम्ता गाउँपालिकालाई १२० पीस साबुन, ५ लिटर सेनिटाईजर, ४ सय मास्क तथा ५ थान पिपिइ उपलब्ध गराएको छ ।

त्यसैगरी चिङ्गाड गाउँपालिकालाई १० थान पीपीई, ३ लिटर सेनिटाईजर, साबुन ५० पीस र मास्क ५० थान उपलब्ध गराईएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।  संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्रप्रसाद सापकोटाले सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई र चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिर्घबहादुर बुढा मगरलाई कार्यकारी निर्देशक आचार्यले शनिबार उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।

विपद्को समयमा यस संस्थाबाट भएको सहयोगले स्थानीयतहलाई कोरोना विरुद्धको रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने सिम्ता गाउँपालिका अध्यक्ष केसीले बताए ।  चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुढाले स्याक नेपालले उपलब्ध गराएको सामग्रीले गाउँपालिकालाई अभियान संचालनमा थप सहयोग पग्ने विश्वास व्यक्त गरे । दुबै जनाले संकटको घडीमा सहयोग पु¥याएकोमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया