गाउँपालिकालाइ मास्क हस्तान्तरण

सुर्खेत (चिडगाड), २९ चैत्र ।

चिङ्गाड एकता समाज र चुली क्लबद्धारा मास्क सहयोग चिङ्गाड एकता समाज सुर्खेत र चुली यूवा क्लब सुर्खेतले सयुक्त रुपमा मास्क वितरण गरेका छन् । गाँउपालिकासंगको समन्वयमा गाँउपालिका बासीहरुका लागि एक हजार २ सय मास्क गाँउपालिकालाई हस्तान्तरण गरिएको हो ।


गाँउ गाँउमा विदेशबाट आएकाहरु गएको र जोखिम पनि बढ्दै गएकाले गाँउबासीकालागि मास्क पठाईएको चिङ्गाड एकता समाजका उपाध्यक्ष उषा थापाले जानकारी दिए । समाजका महासचिव खड्क चन्दले सुर्खेतमा रहेका समाजका पदाधिकारीबाट पकेट खर्च कटाएर मास्क वितरण गरिएको बताए ।

यसैगरी चुली यूवा क्लब सुर्खेतका अध्यक्ष महेस जिसीले एकता समाज संग मिलेर विपदको बेला चिङ्गाडबासीलाई सानो सहयोग गरेको बताए । चिङ्गाड गाँउपालिकाका सुचना अधिकारी पदम जिसीले सहयोगमा प्राप्त मास्क पालिकाका सबै वडामा वितरण गरिने जानकारी दिए । साथै जिसीले गाँउपालिकालाई प्राप्त भएको सहयोग एकद्धार प्रणालीबाट वितरण गरिएको पनि जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार