रिजाल दिदीबहिनीद्धारा राहत वितरण

सुर्खेत (चिडगाड), २९ चैत्र ।

सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर २ का रिजाल दिदिबहिनीले लकडाउनका कारण समस्यामा रहेका २० घरपरिवार राहत वितरण गरेका छन् । चिङ्गाड २ का गिता रिजाल र सिता रिजाल दुई दिदिबहिनीहरुले चिङ्गाड गाँउपालिका संगको समन्वयमा निम्न आय भएका राहात वितरण गरेका हुन् ।

गाँउमा मजदुरी गरेर खाने गरिब परिवारलाई राहात दिईएको गिता रिजालले बताईन । चामल २० घरपरिवारलाई , दाल २० केजी, साबुन २० वटा र नुन २० पोका, २० तेल सहयोग गरेको रिजालले बताईन् ।

तपाईको प्रतिक्रिया