विदेशबाट आएका ४६ जनाकै रयापिट टेष्ट नेगेटिभ

दुर्गा विसि/ सल्यान(सिम्ता), २९ चैत्र ।

सुर्खेतको उत्तरी पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले विदेशबाट अाएका अाफ्ना नागरिक रर्यापिट डाइगोनिस्टीक परिक्षण गरेको छ ।याे परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको जनाएको छ । अन्य कुनै स्थानीय तहले याे विधि प्रयोग गरेको छैन । भारत तथा विदेशबाट आएका नागरिकको रर्यापिट टेष्ट शनिबार गरिँदै छ । वागेश्वरी माविमा रहेको क्वारेन्टाइनमा रर्यापिट टेष्ट गरिँदै छ ।

जिल्ला स्वास्थ्य कार्यलय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट दयाराम पंगाली,प्रेम प्रकाश चपाइ,गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्ताेष वुढा लगाएतको चिकित्सककाे टाेलि रर्यापिट टेष्ट परिक्षण गरिरहेकाे छ । भारतबाट अाएका १ सय ४५ र अन्य मुलकबाट आएका ७ जनाकाे र्यापिट टेष्ट गरिने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।

काेराेना भाइरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रणका लागि यसकाे निदान र उपचार विधि अारडिटि स्कृनिङ विधि अवलम्बन गर्ने याे पहिलो स्थानीय तह रहेको छ । यसरी अन्य गाउँ पालिका तथा नगरपालिकाले गरेको पाइदैन । देशमै याे समयमा अधिमतम कम क्षेत्रमा मात्रै याे विधि प्रयोगमा अाएको छ । शनिबार ४६ जनाकाे भएको रर्यापिट टेष्टमा ४६ जनाकै नेगेटिभ रिपोर्ट अाएको छ ।

तपाईको प्रतिक्रिया