स्वास्थ्य राज्यमन्त्री रावतद्वारा क्वारेन्टाइनकाे प्रशंसा

दुर्गा विसि

सल्यान (सल्लीबजार), २९ चैत्र ।

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनकाे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनुगमन गर्नुभएको छ ।प्रभाकर मावि देवस्थलमा रहेको २० कक्षको क्वारेन्टाइनकाे अनुगमन गर्दै मन्त्री रावतले प्रसंसा समेत गर्नुभएको छ । स्थानीय तहले मात्रै यति छिटो अाफ्नै स्रोत साधानमा सर्जिकल वेड सहितकाे शैया तयारी अवस्थामा राखेकोले खुशी व्यक्त गर्नु भएको छ ।


जाजरकोट हुँदै सुर्खेत सल्यान पश्चिमका स्थानीय तहले काेराेना राेकथाममा भए गरेका प्रयास प्रती सकारात्मक भुमिका खेलेकाे समेत जनाउनु भयाे । साथै अनुगमनकै क्रममा स्वास्थ चौकी देवस्थलमा पुगेर ५ सेट पिपि, २ सय ५० सेट सर्जिकल मास्म, सेनिटाइजर लगाएतको अत्यावश्यक औसधि समेत प्रदान गर्नुभएको छ । साेहि क्रममै नगर प्रमुख गाेविन्द कुमार पुनले काेराेना राेकथाममा नगर तथा वडाहरुले गरिरहेकाे तयारीका विषयमा मन्त्रीलाई अवगत गराउनु भएको थियोे ।

नगरमा एउटा पनि ज्वाेराे नाप्ने थर्मोमिट्र गण नभएको दुखेसो पाेखिएको छ । नगर पुन, नगर उप प्रमुख मञ्जु यरि र नगर स्वास्थ शाखा प्रमुख वासुदेव पोख्रेलले मन्त्री सामु थप अतिअावश्यक सामग्रीसहित ज्वाेराे नाप्ने गण अथासक्य चाँडै व्यवस्थापन गरिदिन आग्रह गरिएको छ । अनुगमनका क्रममै सल्यान पश्चिम अाउनु भएका स्वास्थ्य राज्यमन्त्रीले काेराेना विरुद्ध शसक्त कार्यक्रम सञ्चालन गर्न र राज्यका सबै निकायलाई प्रयोग गर्न स्थानीय सरकार प्रमुख पुनलाई आग्रह गर्नुभएको छ । थप अावश्यक साधन स्रोतको केहिदिन भित्र उपलब्ध गराइदिने समेत अाश्वासन दिनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार