सुर्खेतकाे क्वारेन्टाइनमा बसेका घर फर्किंदै

इकान्तिपुर अनलाइनबाट
सुर्खेत, २९ चैत्र ।

नेपाली सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई घरतिर पठाउन थालिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली सेनाले निर्माण गरेको ६०० शैयाको क्वारेन्टाइन क्वारेन्टाइनमा १ सय ८८ जना बसेकामा ५ जनाबाहेक सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रादेशिक अस्पतालका डा. केएन पौडेलले बताए । उनका अनुसार ५ जनाको नमुना नपुगेपछि फेरि पठाउन लागिएको छ ।


क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार घरतिर पठाइसकिएको र बाँकीलाई पनि पठाउने तयारी भइरहेको बताए । ‘बाँकीको रिपोर्ट आएपछि भोलि वा पर्सिसम्म क्वारेन्टाइन खाली हुन्छ होला,’ उनले भने, ‘नयाँ व्यक्ति आएको खण्डमा भने क्वारेन्टाइमा राखिनेछ ।’

नेपाली सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले खुलामञ्चमा ४ सय व्यक्ति अटाउने क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा चैत १५ देखि मान्छे बसालिएको थियो। त्यसअघि ती व्यक्तिहरु करिब चार दिन ती व्यक्तिहरु वीरेन्द्रनगरको होटल, विद्यालय र गैरसरकारी संस्थाको होस्टेलमा बसेका थिए । क्वारेन्टाइनमा बस्न थालेको १९ दिन भए पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा घर फर्किन ढिलो भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार