स्वास्थ्य संस्थाप्रति बढ्दो जनविश्वास

दैलेख, २९ चैत्र ।
‘महाराज प्रभु, हेर कुले देवता मेरा परिवारलाई के भयो ? जस्ताको त्यस्तै बनाइ दिनु । मेरा जहानको खानु गरिदियैं । मैले तेरो आजा पुजा, धुप अक्षेता दिएकै छु । मबाट वा परिवारबाट केही गल्ती छ भने क्षमा गरिदिनु यसै बाँदोमा बस्नु, तेरो आजापुजा दिनमा बोका चढाउलाँ । हामी नर नजानउत, तमी देउ साँक्षी ।’

जहान परिवारमा बालबच्चा वा ठूलो मानिसको टाउको वा पेट दुख्ने वित्तिकै पाँच रुपैयाँ नोट, चामलका गेडा सालको पातमा बेरेर बिरामीको टाउँकोमा घुमाई हाल्थे । दैलेखका ठाटीकाँध गाउँपालिका–१ मोती शाही । आजभोलि परिवारका कोही सदस्यलाई विसञ्चो हुनु वित्तिकै शाही पहिलो जसो गर्दैनन् । विरामी हुनुवित्तिकै स्वास्थ्यकर्मी कहाँ परिवार वा आफन्तलाई उपचारमा लगिहाल्छन् । टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने वित्तिकै शाहीले पहिलो प्राथमिकता देवीदेवतालाई भन्दा पनि स्वास्थ्य संस्थालाई दिने गरेका छन् । उनले माई, देवताको आजापुजा गर्छन् ।

शाहीका सहोदर जेठा दाजु प्रेमबहादुर शाहीको मृत्युपछि प्रेमबहादुर शाहीका जेठा छोरा जगतबहादुर शाही माई मन्दिरको आजापुजा गर्ने पुजारी भए । पुजारी भएका जगतबहादुर शाही प्राथमिक स्वास्थ्यकेन्द्रका कार्यालय सहयोगी हुन् । आजपुजासँगै उनले आफन्तलाई देवीदेवता गर्नुभन्दा विरामी हुँदा स्वास्थ्य संस्थामा जानु राम्रो हुने बताएपछि मोती शाहीको मन अस्तपतालतिर जान थालेको हो । हामीले नजानेर रहेछ, पहिला बाल मृत्युदर धेरै थियो, गाउँघरमा खोप लगाउन थालेपछि मृत्युदर घटेको छ ।

शाही मात्र होइनन, आजभोली ग्रामीण भेगका अधिकांश विरामी हुँदा पहिला स्वास्थ्य संस्थामा जाने गरेको सोही वडाका टेकबहादुर रावतले बताए । ‘कोही विरामी हुँदा हाम्रो गाउँमा पहिला धामी झाँक्री गरेर मात्र अस्पताल लैजान्थे । समयमा उपचार नपाउँदा अकालमै विरामीको मृत्यु हुन्थ्यो । आजभोली कुलदेवताका धामीसमेतले धामी बस्दा अस्पताल लैजाउ भन्न थालेपछि गाउँमा अकालमै कसैको मृत्यु भएको छैन । सञ्चारमा आएको विकाससँग मानिस बुझदै गएका छन् । अन्धविश्वासलाई छोडदै गएको देखिन्छ’, उनले भने ।


विश्वव्यापी फैलिएको कोराना भाइरस (कोभिड–१९) ले गाउँका अन्धविश्वासमा रुमलिएका अधिकांश मान्छेको देवी देवताप्रति मोह हटाइ दिएको छ । विश्वभरि कोरोना भाइरस संक्रमण फैलिएपछि गाउँका अधिकांश धामी पुजारीसमेत देवीदेवता छोडेर स्वास्थ्य संस्थामा गई उपचार गर्न थालेका छन् । कसैलाई टाउको दुख्ने, पेट दुख्ने वित्तिकै स्वास्थ्यकर्मी कहाँ लिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चाज रविन्द्र भण्डारीले बताए ।

उनले भने, पहिला विरामी हुँदा अस्पताल ल्याउनु भन्दा मान्दैन थिए । धामीले भनेपछि मात्र स्वास्थ्य केन्द्रमा ल्याउँथे । तर आजभोलि कसैको टाउको दुख्ने वित्तिकै उपचारको लागि सल्लाह लिने अस्पताल आइहाल्छ । कोभिड –१९ को डरले त होलानी गाउँका मानिस स्वास्थ्य संस्थामा उपचारको लागि आउनेको संख्या अधिक रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार