चामुण्डाबाट पठाएका सबै रिपोर्ट नेगेटिभ

दैलेख (चामुण्डा), २८ चैत्र ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नमुना परीक्षणमा नेगेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर निरन्जन पन्तले सबैको रिर्पोट नेगेटिभ आएको बताए ।

‘क्वारेन्टाइनमा दुई हप्ता पुरा गरेका व्यक्तिहरुलाई थप दुई हप्तासम्म होम क्वारेन्टाइनमा रहने प्रतिवद्धतासमेत गराई आवश्यक व्यवस्थापनका लागि अनुरोध गरिएको छ ।’ उनले भने । ब्यक्तिको नमुना स्वाब परीक्षण लागि पठाइएको १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ र उहाहरुलाइ २ हप्ता पुगेपछि होम क्वारेन्टाइनमा रहने गरि घरमा पठाएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया