कथा : अल्छि चुक्को

मनोज शाही (कैदी)
एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो । र त्यहाँ कैयौं मेहनती चराहरू देखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे ।

एकताका त्यो जङ्गलमा चराहरुलाई भोकमारी परेछ । त्यसपछि खानेकुरा खोज्दै चराहरुलाई पनि टाढा टाढासम्म जानु पथ्र्यौ । बिहान सबेरै चारो खोज्न नजाने चराहरू बेलुका घर फर्किन सक्दैन थिए । त्यसैले अल्छी चराहरू गुड वरिपरि घुमेर फर्किन्थे । मेहनती चराहरूले बेलुका केही खाना ल्याई ख्वाउने गर्दथे । तर त्यहा अल्छि चराहरू मध्य चुक्को चरो पनि थियो । चुक्कोले पनि अरू मेहनती चराहरूले बोकेर ल्याएको चारो खान्थ्यो ।


विस्तारै खानाको अभाव बढ्दै गयो चराहरू बिरामी हुन थाले । यो कुराले सबै चराहरू चिन्तित भए । अनि एउटा परेवाले सबै चराहरू लाई बिहानै उठेर भगवानसँग प्रार्थना गर्नु भन्यो । सबै चराले हो मा हो जनाए र भोलिपल्ट सबै चराहरूले प्राथना पनि गरे । तर चुक्को चरो भुसुक्कै निदाएर प्राथना गर्न बिर्सेछ । सबै चराहरू प्राथना सकेर चारो खोज्न गए तर चुक्को भने चारो खोख्न पनि चुक्यो ।
दिनभरी चारो खोज्ने चराहरु बेलुका पेटभरी खान पाएर खुशी हुदै घर फर्के । शबैले भगवानलाई धन्यवाद पनि दिए । तर त्यही दिन भगवानले चुक्कोलाई आँसीको चुच्चो उपहार दिएपछि ऊ निकै खुशी भयो । र सबैको गुँडमा गएर खुशी हुँदै भन्यो ’भगवान धनि कि म धनि ’ । शबै चराहरू गदगद हाँसे । ‘बास्तबमा भगवानले चुक्कोलाई मृत्यूको उपहार दिएका थिए । र मेहनतीलाई सभ्य बानी ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार