राष्ट्रिय वाणिज्य बैंकको ५ लाख विपद् काेषमा

सुर्खेत, २८ चैत ।
कर्णाली प्रदेश सरकारको विपद् कोषमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयले ५ लाख रकम जम्मा गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, उद्धार र राहतका लागि प्रदेश सरकारले कोष स्थापना गरी सबैमा सहयोगको अपिल गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले प्रदेश विपद् व्यवस्थापन कोषमा ५ लाखको चेक शुक्रबार हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र भूमि सुधार, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई चेक हस्तान्तरण गरिएको हो । बैंकका प्रादेशिक प्रवन्धक रामकुमार थापाले चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतका प्रवन्धक लिलाराम ढुंगाना, प्रस्तावित शाखा कार्यालय वीरेन्द्रनगरका प्रवन्धक जय प्रकाश बराल, कर्णाली प्रदेश प्रादेशिक कार्यालयका उपप्रवन्धक गान्दिराज विसी, शाखा कार्यालय मेहेलकुनाका प्रवन्धक चिरञ्जिवि गिरीसहितको उपस्थिति रहेको थियो । वाणिज्य बैंकले केन्द्रीय विपद् कोषमा बैंकले १ करोड ५० लाख रकम जम्मा गरिसकेको छ भने सबै प्रदेशको प्रदेशिक विपद् कोषमा ५÷५ लाख हस्तान्तरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया