काठमाडाै भ्यालीमा संकटमा परेका विद्यार्थी, मजुदर खोज्दै, सहयोग बाँढ्दै
रामचन्द्र न्याैपाने
काठमाडाै/ डोल्पा, २८ चैत्र ।
कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनले विश्वनै अस्तव्यस्त बनेको छ । यसको असरमा कृषक, मजदुर, विद्यार्थी परेका छन् । ज्यामी गर्ने उद्योग, कलकारखाना बन्दछन् । कृषकहरुलाई खेती, किसानी गर्ने र उत्पादन विक्रि गर्ने वातावरण छैन । सरकारले घरभित्रै बस बाहिर ननिस्कन उर्दि जारी गरेको छ । यस्तै अन्यौलता र अस्तव्यस्त, नेपालनै आफुभएको घमण्डी, शक्ति, स्रोत साधनले पूर्ण मानवियता हराएको काठमाडौं खाल्डोमा एक सहयोगी मनकारी युवा निस्किएका छन् ।
डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं. ७ का जीवन शाही यति बेला राजधानी काठमाण्डौको गल्ली–गल्ली चाहार्दै ठिक्क छन् । जागिरको सिलसिलामा काठमाण्डौ बस्दै आएका उनीलाई लकडाउनका बेला अनेकन झन्झटको सामना गर्दै गल्ली–गल्ली चाहार्नु के काम थियो होला एक छिन सोच्नुस त ! उनी कुनै काम नपाएर गल्ली–गल्ली घुमेका भने पक्कै होइनन् । कलिलै उमेर देखि समाज सेवामा सक्रिय उनी डोल्पाबाट अध्ययन लगायत बिभिन्न कामको सिलसिलामा काठमाण्डौ पुगेका बिद्यार्थी र मजदुरको समस्या बुझ्न र सहयोग गर्न प्रत्येक दिन गल्ली–गल्ली चाहार्ने गरेका हुन् । सरकारले लामो लकडाउन घोषणा गरेपछि काठमाण्डौमा कतिपय डोल्पाली विद्यार्थीहरु र मजदुरलाई आर्थिक एवम् खाद्यान्नको संकट परेको छ । आर्थिक र खाद्यान्नको समस्या परेका मजदुर र बिद्यार्थीहरुको पहिचान गर्दै उनीरुको समस्याहरु सम्भव समाधान गर्ने अभियान नै चलाएर शाही अहोरात्र जुटिरहेका छन् ।
शाहीले समस्यामा परेका मजदुर र बिद्यार्थीलाई सहयोग जुटाउनका लागि “कोभिड–१९ रिलिफग्रुप डोल्पा” नामको ग्रुप च्याट समेत बनाएका छन् । उक्त ग्रुपमा डोल्पाली नेतृत्व, समाजसेवी, युवा, बुद्धिजिवि, ब्यवसायी, सञ्चारकर्मी सबैलाई जोडेर सहयोगी मनहरुको नाम सार्वजनिक गर्नुका साथै प्रत्येक दिन गरिएको सहयोगका बारेमा जानकारी गराइन्छ । यो अभियानको शाही आफैले नेतृत्व गरे पनि अन्य सहयोगिमनहरु जुटाउँदै उनीहरुबाट उठेको पैसाबाट लकडाउन कारण समस्यामा परेका मजदुर र बिद्यार्थीहरुलाई सहयोग गर्ने गर्छन् ।
सरकारले दोस्रो पटकल कडाउनको अवधि थप्ने निर्णय गरेसँगै समस्यामा परेका केही बिद्यार्थीलाई ब्यक्तिगत सहयोग गरेपछि अभियानले ठुलोरुप लिएको शाहीले बताए । “दोस्रो पटकको लकडाउन घोषणा गरेपछि दुई–तीन जना बिद्यार्थीले सहयोग मागे, मैले चार–पाँच महिनाका लागि जम्मा गरेका खाद्यान्न दिएर पठाए”शाहीले भने । “त्यसपछि सहयोग माग्ने बिद्यार्थी धेरै सम्पर्कमा आए, उनीहरुको समस्या हेरेर हामिले सहयोग गर्न थाल्यौ, अहिले अभियानकै रुपमा काम भइरहेको छ ।”
“धेरैजसो बिद्यार्थीलाई नुन, तेल, चामलको समस्याछ, कतिपयको ग्यास सकिएर एक–दुई दिनसम्म भोकै बसेको पनि पाँए । उनीहरुलाई सहयोगबाट उठेको पैसाले खाद्यान्न खरिद गरेर घरमै पु¥याउने गरेकाछौँ ।” “लकडाउनका कारण कतिपयको बिद्यार्थीका अभिभावकले डोल्पाबाट पैसा पठाउन सक्नुभएको छैन्, त्यस्ता बिद्यार्थीलाई पैसा आएपछि फिर्ता गर्ने गरी उनीहरुको समस्या पनि हामिले हल गरिरहेका छौं” उनले थपे । समस्या हल गरिसकेपछि उहाँहरुले डोल्पाबाट फोन गरेर धन्यवाद समेत दिने गर्नुभएको छ ।
“समस्यामा परेका बिद्यार्थीले मलाई फोन गर्छन्, उनीहरुको समस्यालाई मध्येनजर राख्दै कोठामै पुगेर खाद्यान्न ग्यास लगायतका सामग्री पु¥याउने गरेको छु ।” “आजभोली मेरो दैनिकी नै समस्या परेका बिद्यार्थीको नाम लिस्ट तयार गर्ने सहयोगका लागि आफै बोकेर गल्ली–गल्ली घर खोज्दै जाने भएको छ ।” समस्यामा परेका बिद्यार्थीको अवस्था बुझ्दै सहयोग गर्न पाएर धेरै खुशी महशुस गरेको छु ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट पास लिएकाले बाहिर निस्कन समस्या नभएको उनले बताए । “हामीसँग धेरै पैसा भएर अरुलाई सहयोग गरेका होइनौ, लकडाउनका कारण समस्यामा परेका आफ्नो जिल्लाका मजदुर र बिद्यार्थीहरुलाई सहयोग गरौँ भन्ने भावना मात्र हो” शाहीले थपे । यो अभियानमा प्रतिनिधि सभा सांसदद्धय धनबहादुर बुढा र सत्या पहाडी, डोल्पाली युवा समाजसेवीहरु कवि किशोर गुरुङ्ग, भिमा केसी बञ्जारा, लंकबहादुर शाही, रणलाल कुलाल, रमेश न्यौपाने, जितेन्द्र झाँक्री, ग्याल्बो भोटे लगायतको थुप्रै ब्यक्तिले ब्यक्तिगत सहयोग गर्नेदेखि सहयोग जुटाउनेसम्म काम गरिराखेको शाहीले बताए ।
आजको दिनसम्म डोल्पाका १ सय ८६ जना बिद्यार्थीलाई सहयोग गरिसकेकाछौं । त्यसमा केही मजदुर पनि रहेको शाहीले बताए । जसमा ठुलिभेरी नगरपालिकाका ८९ जना, त्रिपुरासुन्दरी नगरपालिका ४२ जना, मुड्केचुला गाउँपालिकाका ३४ जना, जगदुल्ला गाउँपालिकाका १३ जना, डोल्पोबुद्ध गाउँपालिकाका ३ जना, काइके गाउँपालिकाका ३ जना, शे–फोक्सुण्डो गाउँपालिकाका २ जना रहेका छन् । डोल्पाका केही स्थानीय तह र सांसदले धेरै–थोरै सहयोग गरिरहेको बताउँदै हालसम्म १७ जना ब्यक्तिले आर्थिक सहयोग गरेको शाहीले बताए ।
फुड एण्ड एग्रिकल्चर टिम (ई.आर.आई) ले डोल्पा जिल्लासहित कर्णालीका दश जिल्लाका लागि पचास हजार सहयोग गर्ने घोषण गरेको बताइएको छ । जतिसक्दो समस्यामा परेका बिद्यार्थीलाई सहयोग गर्नका लागि ब्यक्तिगत सहयोग जुटाउने र सहयोग गर्ने क्रमजारी रहेको शाहीले बताए । डोल्पाबाट मात्रै काठमाण्डौमा अध्ययनको शिलशिलामा चारदेखि पाँच हजार बिद्यार्थी पुगेका छन् ।
ठुलो सहयोग पायौँ
बिभिन्न काम बिशेषले जिल्ला छोडेर कामाण्डौं आएका मजदुर र बिद्यार्थीलाई जीवन शाहीले ठुलो सहयोग गरेको डोल्पाली अभिभावकले बताए । संकटको घडिमा समस्यामा परेका डोल्पाली विद्यार्थीहरुलाई सहयोग गरेर जीवन शाहीले ठुलो राहत दिएको मुड्केचुला गाउँपालिका घर भई हाल काठमाण्डौमा अध्ययन गरिरहेकी बिद्यार्थी भारती शाहीले बताइन् ।
“कोठामा खाद्यान्न सकिएको थियो, लकडाउनका कारण पसल बन्द थिए, घरबाट पैसा आउन सकेको पनि थिए, यस्तो अवस्थामा कोठामै पुगेर नुन, तेल, चामललगायतका सामाग्रीहरु पु¥याएर जानुभयो, डोल्पाका ठुला–ठुला नेताले नगर्ने काम उहाँले गर्नुभयो”शाहीले थपिन् । त्यसैगरी काममाण्डौमै अध्ययन गरेर बसेकी डोल्पा ठुलिभेरी नगरपालिकाका गौरी शाहीले पनि अभियान्ता जीवन शाहीलाई मनैदेखि धन्यवाद दिइन् ।
“उहाँले सहयोग गर्नुुहुन्छ भन्ने फेसबुकबाट थाहा पाए, त्यसपछि उहाँलाई सम्पर्क गरेर आफ्नो समस्या बताए, फोन गरेको केही समयमै नुन, चामललगायतका सामाग्रीहरु ल्याएर कोठमा आइपुग्नु भयो,म दङ्ग परे ।” सरकारी राहतको लागि फारम भरेको एक हप्तासम्म नपाएपछि निरास भएको उनले बताइन् । त्यस्तै मुड्केचुला गाउँपालिका घरभई काठमाण्डौमा इटा भट्टामा काम गर्दै आएका राजबहादुर बुढाले शाहीले कोठामै पुगेर सहयोग गरेर संकटघडिमाठुलो गुनलगाएको बताए । “केहीदिन अघिदेखि खाद्यान्न सकिएको थियो, उहाँले सहयोग गर्नुभयो” भगवाननै पुगे जस्तो लाग्यो”उनले थपे ।
