एभरेष्ट क्लवद्धारा सहयोग सामाग्री क्वारेन्टाईनमा वितरण

दैलेख (चामुण्डा), २८ चैत ।

चामुण्डाविन्द्रासैनीलाई एभरेष्ट क्लवले सहयोग गरेको सामाग्रीहरु क्वारेन्टाइनमा वितरण गरेको छ । क्वारेन्टाइनका लागि सहयोग गरेको सामाग्री नगरपालिकाले क्वारेनटाइनलाई वितरण गरेको हो । क्वलले नगरपालिकालाई क्वारेन्टाईनका लागि र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले एभरेष्ट क्वललाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । चौथो पटक क्वारेन्टाइनको अनुगमन गर्दैै क्वाइराइनलाई थप व्यवस्थित गर्न र नगरवासीको स्वास्थ्य प्रति नगरपालिका कटिवद्ध भई लागि परेको बताउनु भयो ।

कोराना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन लागि नगर–प्रमुख शाहीले नगर वासीलाई आग्रह समेत गर्नुभयो । अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘कोराना भाइरसको संक्रमणबाट जोगिन बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ, आफु सुरक्षित बनौँ, अरुलाइ पनि सचेत तुल्याऔं ।’ नगरवासीलाई लकडाउनको पूर्ण पालनाका लागि आग्रह गर्दैे संक्रमण फैलन नदिन नगरपालिकाले पुरै सामथ्र्य लगाएको दाबी गर्नुभयो ।

त्यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलकले विकले क्वारेन्टाइनमा कुनैपनि अभाव हनु नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । हाल नगरपालिकाले भारतबाट फर्केकका १२० जनालाई क्वारेन्टाइनमा राखिको नगरपालिकाले जनाएको छ । क्लवले नगरपालिकालाई पिफम, सर्जरी माक्स, सावुन, स्वास्थ्य कर्मीको सुरक्षाको लागि पिपिए सेट लगायतको आवश्यक अन्य सामाग्री सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया