सम्पादकीय : परीक्षणको दायरा बढाऊ

विश्व यतिबेला कोरोना भाइसरको त्रासमा छ । करिव एकसय १२ भन्दा धेरै देशमा कोरोनाले आतंकनै मच्चाएको छ । कोरोनाकै त्रासका कारण विश्व अर्थतन्त्र धरापमा छ भने मानिसको अस्तित्वमाथि संकट आइलागेको छ । कोरोनाको आतंकबाट नेपाल र सिंगो कर्णाली प्रदेशपनि अछुतो छैन । भाग्यवस कर्णालीमा अहिलेसम्म कुनै पनि संक्रमति भेटिएका छन् । तर संक्रमति भेटिएनन् भनेर ढुक्कु हुनुपर्ने अवस्था भने छैन । किनकी रोजगारीका लागि कर्णालीबाटै विश्वका विभिन्न देशमा यहाँका नागरिक पुगेका छन् । कोरोनाको त्रासपछि उनीहरु गाउँ फर्किएका छन् । तर विदेबाट फर्किएका सबैको कोरोनाको संक्रमण भए नभएको परीक्षण भएको छैन ।

कोरोनाको त्रासपछि चैत ११ गतेदेखि नेपाल लकडाउन छ । लकडाउनकै बीचमै पनि अधिकाँश नागरिक गाउँ पुगेका छन् । मर्नुपरे बरु गाउँमै मरौला भन्दै गाउँ पुगेकाहरुको भने स्वास्थ्य परीक्षण (कोरोनाको जाँच) भएको छैन । होस पनि कसरी किनकी कोरोना परीक्षण गर्ने मेसिनले नै न्यून क्षमताको छ । चैत २० गतेदेखि सुर्खेतमै कोरोना परीक्षण भएपनि हालसम्म सय जनाको पनि परीक्षण हुन सकेको छैन । स्वास्थ्यकर्मीहरु रातदिन नभनी खटेका छन् । संकटको घडीमा विहानको पाँचबजेदेखि रातको १२ बजेसम्म खटिने स्वास्थ्यर्कीहरु धन्यवादका पात्र हुन । तर के गर्नु स्वास्थ्यकर्मीहरु जतिनै खटेपनि परिणाम भने न्यून छ । परीक्षण प्रभावकारी नहुनुमा स्वास्थ्यकर्मीभन्दा मेसिनको कमजोरी छ । सुर्खेतमा रहेको आरटी–पीसीआर मेसिन मुस्कीलले १५ जनाको मात्रै स्याम्पल टेष्ट गर्न सक्छ । हुन त यति गर्नु पनि ठूलो उपलब्धी हो । किनकी यही टेष्ट गर्न पनि पहिले काठमाडौं धाउनु पथ्र्याे । कम्पती थोरै भएपनि टेष्ट त भएको छ । तर थोरैले पुग्नेवाला छैन । किनकी कर्णालीमा झण्डै आठ हजारबढी नागरिकहरु गाउँ फर्किएका छन् । सुर्खेतमै भर पर्ने हो भने आठ हजारको स्याम्पल टेष्ट गर्न झण्डै दुई वर्ष लाग्ने निश्चित छ । दुई वर्षसम्म स्याम्पस टेष्ट भएन भने त्यसपछिको अवस्था भयाभह नहोला भन्न सकिदैन ।

लकडाउन भएको दुई साता बढी भइसकोको छ । सामान्यतया नागरिकहरु विदेशबाट फर्किएको दुई हप्ताभित्र स्याम्पस टेष्ट भइसक्नु पर्ने हो । तर कर्णालीको बाध्यताकाबीच यो सम्भव भएन । अव भने ख्याल ठट्टा गर्नुपर्ने समय छैन । छिमेकी सुदुरपश्चिम प्रदेशबाट कर्णालीतिर खत्तराको घण्टी बजिसकेको छ । अव किनकी बाहिरी मुलुकबाट आएका आठ हजारमध्ये एक जना पनि संक्रमित भएको खण्डमा त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ । तसर्थ महामारी हुन नदिने एकमात्र उपाय परीक्षण नै हो । कसरी हुन्छ कर्णालीमा स्यापिङ टेष्ट र कन्टाक्ट टेष्ट बिधिलाई प्रयोग गर । जति सक्दो जाँडो विदेशबाट आएका सबैको परीक्षण सक । प्रयोगशाला सञ्चालन गर्न सक्ने अस्पतालहरुमा प्रयोगशाला स्थापना गर । भोलि पछुताउनुभन्दा अहिलेनै परीक्षणको दायर बढाऊ । किनकी कसैगरी कोरोनाको संक्रमण कर्णालीमा भित्र्यो भने संकटको सामना गर्न सक्ने सामर्थ कर्णालीसँग छैन । दुर्गभेगमा जनताले उपचार नै नपाएर पर्नुपर्ने काहनी लाग्दो परिस्थीतिलाई अहिले मनन गर । कोरोनासँग लढ्न बरु प्रदेश सरकारको विकास बजेट खर्च गर तर जनताको जीवनसँग खेलवाड नगर ।

तपाईको प्रतिक्रिया