उपचार नपाएका बालकलाई सिनियर काेपाइलट सृजना रावतकाे सहयाेग

सुर्खेत, २७ चैत ।

आर्थिक अभावमा उपचार हुन नसकेका एक बालकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हात भाँचिएको १४ दिनसम्म पैसा नहुँदा उपचार सुरु नगरेका बालकको उपचारमा सहयोग जुटेको हो । महावु–२, डुङ्गी दैलेख निवासी हरिलाल नेपालीका १२ बर्षिय छोरा टोप बहादुर नेपालीको हात भाँचिएको विहिबार २१ दिन पुग्यो । अप्रेसन गर्ने पैसा छैन शिर्षकमा  समाचार यस अघि युगआव्हान राष्ट्रिय दैनिक र  www.yugnews.com  मा प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी र हार्डजोर्नी विशेषज्ञ डा. रुपक कँडेलले चासो देखाएका थिए । डाक्टरद्धयको अग्रसरमा अस्पतालमा उपचार सुरु भएको थियो । उपचारमा अस्पतालको तर्फबाट केही छुट समेत गरिएको थियो । बालकको उपचारकै लागि वीरेन्द्रनगर–६ खोर्केलाइनको प्रगति टोल विकास संस्थाले घरदैलो गरेर ५ हजार नगद उठाएर सहयोग गरेको थियो ।


आर्थिक अवस्था कमजोर भएर उपचार हुन नसकेको बालकको समाचार पढेपछि नेपाल वायुसेवा निगमका सिनियर कोपाईलट (तह आठौं) मा कार्यरत सृजना रावतले सहयोग रकम प्रदान गरेकि छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावत उनका श्रीमति तारा रावतका छोरी सिनियर कोपाईलट सृजनाले बालकको उपचारमा नगद १० हजार एक सय सहयोग गरेकि हुन ।

उपचारमा संलग्न हार्डजोर्नि विशेषज्ञ डा. रुपक कँडेल, बालरोग विशेषज्ञ डा. नवराज केसी, युगआव्हान दैनिकका सम्पादक दीपक बुढाको उपस्थितिमा बालकका बुवालाई उक्त रकम सहयोग गरिएको थियो । सिनियर कोपाईलट सृजना एसओएस बालग्राम सुर्खेतबाट एसएलसी उत्तिर्ण गरी सानोठिमी भक्तपुर एसओएसबाट १०+२ को अध्ययन पुरा गरेकि थिईन । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट विविएस उत्तिर्ण गरी हाल मास्टर्स तहको अन्तिम बर्ष अध्ययनरत छिन । साउथ अफ्रिकाबाट १० महिनाको कमर्सियल पाइलट लाइसेन्स (पिपिएल) अध्ययन पुरा गरेर सन २०१४ देखि नेपाल बायुसेवा निगममा उनी आवद्ध भई हाल अन्तर्राष्ट्रिय उडानमा सहभागि हुँदै आएकी छिन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार