एशियन लाइफले विपद् कोषमा ५ लाख, पराजुलीको २५ हजार

सुर्खेत, २७ चैत्र ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश कार्यालयको तर्फबाट प्रदेश विपद् कोषमा ५ लाख सहयोग हस्तान्तरण गरिएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (भोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले स्थापित कोषमा वीमा कम्पनीले ५ लाख प्रदान गरेको हो । सोही अवसरमा प्रदेश सरकारका वीमा विज्ञ सुकल्याण पराजुलीले व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ उक्त कोषमा जम्मा गरेका थिए ।


एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनी, संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फवाट सातवटै प्रदेश सरकारलाई ५ लाखका दरले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम प्रदान गर्ने निर्णय भएको थियो ।
सोही निर्णय बमोजिम विहिबार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई कम्पनीको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एवं कर्णाली प्रदेश प्रमुख विजय पराजुलीबाट ५ लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नागरिक दैनिकका कर्णाली व्यूरो इन्चार्ज नगेन्द्र उपाध्याय, कम्पनीका जुनियर अधिकृत मिलन श्रेष्ठका साथै सोही मन्त्रालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भण्डारीले कम्पनीको तर्फवाट गरेको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा एवं धन्यवाद व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार