गौंडा कुरेर गोली हानी ऋषिको हत्या

निरज आचार्य/नेकपा केन्द्रीय सदस्य

कर्णाली प्रदेश/ जाजरकाेट
आज उनको सम्झनामा धेरै बर्ष पहिला लेखिएको संस्मरण पोष्ट गर्न मन लाग्यो ।
अलविदा ! कमरेड ऋषि

पातलो शरिर, उच्च आत्मबल, दृढ विश्वास, निकै जिज्ञासु, उच्च सैद्धान्तिक ज्ञान, मसिना सुचनाहरु संकलन र विश्लेशण गर्न सक्ने कुशल संगठक र क्रान्तिकारी योद्धा ! जो पञ्चायती मण्डलेहरुसंग कहिलै झुकेन, त्यो योद्धा माहापञ्चहरुको घेरा भित्र पनि कहिलै लत्रिएन, त्यो सतिसाल जस्ले प्रहरी खोर भित्र बर्बर यातनाहरु झेल्दापनि एकपल हल्लिएन, काँग्रेसी कालरात्री झुटा मुद्दा–प्रशासनिक दुरुपयोग र गुण्डागर्दिका सामु एकपितको डगमगाएन, माओवादी युद्धकोे धङधङी भित्र विचारको आगो ओकलिरह्यो । त्यो स्पातिलो धातु–माओवादी धम्की, अपहरण र उदण्डता विच रत्तिभर विचलित भएन निरन्तरको वैचारिक संघर्षमा खरो उत्रदै सुर्खेती भुमिमा नेकपा एमालेको फुलवारी सिञ्चाउदै गयो, असल र सयौं कार्यकर्ता निर्माण गर्दै दृढ विश्वासका साथ अगाडी वढिरह्यो । त्यो एउटा कम्यूनिष्ट योद्धा कमरेड ऋषिप्रसाद शर्मा जसलाई स्वर्गीय लेख्न मेरा हातहरु काँपीरहेका छन् । उहाँ यतिवेला हामी विच भौतिक रुपले हुनु हुन्न, भेरी नदिमा वगेको उहाँको खरानी पनि सायद यतिवेला सम्म वंगालको खाडीमा पुगिसक्यो होला ।

संविधान सभा निर्वाचनको कुरा सम्झने वित्तिकै मलाई एउटा अनिष्ट र कालो दिनको याद आउछ । २०६४ चैत्र २६ गतेको त्यो कालो दिन म जाजरकोटको निर्वाचन क्षेत्र नं. १ को चुनाव प्रचार सम्वन्धिका सवै औपचारीक कार्यक्रमहरु सकेर आफ्नो गा.वि.स. जगतिपुरमा आइपुगेको थिए । केही साथिहरु संङ्गको भेटघाट पछी ९ वजेतिर म केही स्थानीय कमरेडहरुको साथ घरमा पुगें, घरमा वुवा, आमा सुतिसक्नु भएको थियो । मेरी जीवन संगिनी एकता सायद हामिआउने प्रतिक्षामा नसुतेर वसिरहेकी थिइन । हामी पुग्ने वित्तीकै निक्केै हतारमा अपुष्ट–अपुष्ट लाग्ने खवर सुनाइन ‘रेडियो खोल्दा समाचार सकिएर मुख्य समाचार दिदै थियो सुर्खेत १ का एमाले उम्मेदवार ऋषि प्रसाद शर्मा कांग्रेसद्धारा हत्याको खवर दियो ।’ एकताको खवरले मेरो टाउको फनफन्ति घुम्न थाल्यो, विस्तारै शरिर लल्याक–लुलुक हुन थाल्यो । मैले रेडियो खोल्न भने तर रेडियोको सवै समाचार सकिसकेको थियो । सञ्चारका अन्य कुनै साधनहरु थिएन । न त्याहा टेलिफोन नै थियो । मैले एकतालाई पुन सोधे के साँचिकै रेडियोले भन्यो ? उनले पुरानै उत्तर दोहो¥याइन । साथिहरुलाई खानेकुरा पकाएर खुवाउन भने तर थकित शरिर र त्यो अनिष्ट सुचनाले अर्ध मुर्छित जस्तो भए । घटनाको पुर्ण जानकारी लिन मनभित्र कौतुहलताको आगो बलिरहेको थियो । निक्कै पट्यार लाग्दो त्यो कालो रात बिताइयो । विहान ६.३० वजे तिरबाट केही एफ.एम.हरुले चुनाव प्रचारको सिलसिलामा एमाले उम्मेद्वार ऋषि शर्मालाई रुखको टिसर्ट लगाएको एक जमातले सुर्खेतको लोदेमा हत्या गरेको प्रष्ट खवर प्रसारण गरे जुन खवरले मलाई निकै गम्भीर तुल्यायो, पिडा र आक्रोस वढ्न थाल्यो । म केही साथिहरुका साथ टेलिफोन सम्पर्क गर्न हिडें । सुर्खेतमा रत्न खत्री, ध्रुव कुमार शाही, ऋषि गिरी, नवराज रावत र टिकाराम शर्मा लगायत दर्जनौ साथीहरुलाई फोन गरे तर कसै संग सम्पर्क हुन सकेन । अञ्चल कार्यालयतिर कोशीस गरे सम्पर्क गर्न सफल भईएन । लामो प्रयास पछि कमरेड गोविन्द कोइरालासंग सम्पर्क गर्न सफल भए घटनाको सवै जानकारी उहाँबाट पाएं । केही वेरमै पाटीको महासचिव माधवकुमार नेपाल त्यहां आउदै गरेको खवर पाएं । उक्त घटनाको पिडाले आक्रोशित सुर्खेती जनता सडकमा ओर्लेर हत्याराको खोजी गरिरहेको, प्रहरीसंग भिडन्त भइरहेको घटनाले सुर्खेत भरिनै सबै यातायातहरु बन्द थिए ।

सर्वहारा वर्गको पक्षमा अनवरत लडिरहने, कसैसंग झुक्न नजानेको एउटा क्रान्तिकारी योद्धा लाखौ जनताको आस्थाको पुञ्ज, मेरो एउटा प्रेरणको दियो, असल साथी र गुरु कमरेड ऋषिको भौतिक सरिरलाई एक थुङ्गा फुल चढाउन त्यहाँसम्म जान नसकिने भएकोले जिवनमा धेरै दुःखी तुल्यायो । कमरेड ऋषिसङ्ग लामो संग त गर्न पाइएन, भौगोलिक र सांस्कृतिक रुपले अत्यन्तै नजिकका छिमेकी भएरपनि कामकै सिलशिलामा त्यति लामो यात्रा गर्न पाइएन । अब त्यो धोको पुरापनी कहिलै हुनेभएन । मैले उहाँलाई २०५२ साल तिर पहिलो पटक भेटेको थिए, म युवा संघको जाजरकोट जिल्ला कमिटीको अध्यक्ष भएर काम गर्दैथिए । भर्खर मात्र एस.एल.सी. जाँच दिएको थिए । उहाँ २०५४ मा सुर्खेतको पार्टी सचिव भइसक्नु भएको थियो । त्यो भेटमा उहाँले भर्खरमात्र आरम्भ भएको माओवादी जनयुद्धताका विषयमा निकै ओझिलो तर्क र विश्लेशण गर्नुभयो । यदु गौतम पछि मैले यहि क्षेत्रमा अर्को भरोसिलो नेता पाएको अनुभुति गरे । मेरा केही केही सन्झना योग्य बसाइहरु उहाँसंग भए । म युवा संघको केन्द्रीय सदस्य भएर युवा संघको कामका लागी सुर्खेत जाँदा त्यहाँको युवा संघ त्यति चलायमान थिएन । वकिल विद्या भुषण मानन्धर त्यहाँको अध्यक्ष थिए । मान्छे आफैमा ठिका भएपनि पटकै समय नदिने । पार्टीको आन्तरिक अन्तर विरोधका कारण कतिपय साथीहरु चलायमान नहुने समस्या थियो । पार्टी सचिवको नाताले उहाँसंग बसेर मसिनो ढंगले यी सबै कुरा गर्नुपर्छ भनेर त्यो दिनको साँझ उहाँसंग बस्न खोजे उहाँको व्यस्तताका विच पनि बसियो । मैले मसिनो ढंगले त्यहाको संगठनको अवस्था र साथीहरुका विषयमा कुरा राखें । उहाँ निक्कैबेर गम खानुभयो । घोत्लीनु भयो र जवाफ दिनु भयो ‘कमरेड सुर्खेतमा युवा नभएका होइनन, युवाहरु छन् । वास्तवमा समस्या कहाँनेर हो भने कसैको टाउको छ, खुट्टा छैनन् । कसैका खुट्टाछन् तर टाउको छैन । त्यस कारण यहाँ काम हुन सकेको छैन । तपाई यस पटक जननुस म मसिनो ढंगले अध्ययन गरेर नयाँ सिरा वाट कसरी अगाडी बढ्न सकिन्छ म केहि सोचेर तपाइहरुसंग छलफल गर्छु ।’ भनेर विदा हुनु भयाे । पछिल्ला दिनमा टाउका र खुट्टाको संयोजन भएका युवाहरुको खोजी गर्दै संगठन निर्माण गरियो ।


पछिल्ला बर्षहरुमा हाम्रो ब्यक्तिगत सम्बन्धपनी प्रगाड भैसकेको थियो । लामो लामो समय लिएर हामि वैचारिक छलफल गर्ने गर्दथियौ । एकआपसमा भएका सुचना आदान प्रदान गर्नेगन्थ्यिौ । विशेषगरेर अशोज १८ को शाहि ‘कु’ पछी पार्टीले अवलम्बन गरेको नीति, दृष्टिकोणका सन्दर्भमा सकारात्मक÷नकारात्मक कोणवाट छलफलगरेर साझाबुझाई वनाउन उहाँले भुमिका निर्वाह गर्नुहुन्थ्यो । यसले गर्दा मैले आफ्नो कुसल साथीमात्र नभएर एउटा अभिभावक र गुरुका रुपमा उहाँलाई सम्मान गर्दछु ।

ऋषिका आफ्नैखालका स्वभावहरु थिए बिषय वस्तुको गहिरो अध्यान गर्ने, मिठो बिश्लेशण गर्ने, सरल स्वभाव र हार्दिकता अनुकरणीय विषय थिए तर टोलाएर बस्ने, स्वास्थ्य र आफ्नो सुरक्षाको ख्याल नगर्ने, अन्तरमुखी पहिलो चिनजानको मान्छेसँग कमबोल्ने वा बोलचालै नगर्ने, राम्रो अध्यान विश्लेशण गर्ने तर सार्वजनिक मिडियामा नलेख्ने ऋषिको बानि हामीहरुलाई मन पर्दैनथ्यो । एक दिन नेपालगञ्जको एउटा होटलको कोठामा ऋषि, रत्न खत्री र म सँगै बस्यौ र यि बिषयमा उहाँलाई खुलेरै आलोचना ग¥यौ र सुधार्नका लागी जोड्दियौ । यसको उत्तरमा ऋषिले ‘तपाईहरुको आलोचनामा म सत प्रतिशत स्वीकार गर्दछु । त्यसो गर्नुहुदैन भन्ने मलाई पनि लाग्छ तर के गर्ने यि मेरा नयाँ बानी होइनन् कयौ बर्ष पुराना हुन यिनलाई अव म चाहेर पनि फेर्न सक्दिन यि बानीहरु मेरा ब्यक्तिगत सम्पत्तिमा परिणत भैसके’ भनेर उत्तर दिनुभयो । हामी दुईजना जोड संग हाँस्यौ र मान्छेको जीवनलाई अस्तब्यस्तताको द्योतक बनाउनु हुँदैन भन्ने निष्कर्षमा पुगेर बिसयान्तर ग¥यांै ।

यसरी केहिले दरवार कहिले कांग्रेस, कहिले माओवादी त कहिले आफ्नै पार्टी एमालेका विषयमा समग्र पक्षको छलफल गर्ने, एक अर्का संग भएका सुचना र तथ्याङ्क आदान प्रदान गर्ने र साझा दृष्टीकोण बनाउन मद्धत गर्ने एउटा अभिभावक र साथी गुमाउँदा म दुःखी भएको छु । सुर्खेतका कामरेडहरु र सुर्खेती जनताले आफ्नो ठुलो नेता गुमाएका छन् । कमला भाउजु, डण्डी, राजकुमार र साना नानीहरुले घरको अभिभावक गुमाउनु भएको छ । नेकपा एमालेले एउटा होनाहार युवा नेता गुमाएको छ । यो देशले एउटा गतिलो सपुत गुमाएको छ ।

श्रीखण्डलाई खुर्पाको विड वुझ्ने पटमुर्खर र खुनी जल्लादहरुले गरेको कायरता पूर्ण हत्याले सिङ्गो मुलुकलाई शोकाकुल पारेको छ । अव शोक होइन शोकलाई शक्तिमा बदल्नु पर्छ । ऋषिले अघी सारेका विचारहरुनै जिवित आत्मा हुन् र रक्त विजको रुपमा ऋषिले देखाएको बाटोले खुनी जल्लादहरुलाई समाप्त पार्न, भेरीको भुमिमा नेकपा एमालेको झण्डालाई फर्फराइराख्न भुमिका खेलिरहने छ । त्यो साधारण जीवनशैली, अन्तरमुखि र विनम्र ऋषि साधारण झोला बोकीरहेको, पार्टी निर्माणमा पसिना पुच्छ्दै गाउ बस्ति, टोल, पसलमा हिडिरहेको, कम्मरमा गम्छाले पेट कसेको, विभिन्न तर्क तथ्यहरु अघी सार्दै नेकपा एमालेको पक्षमा बहस गरिरहेको÷जनतालाई एउटा असल शिक्षक जस्तो पढाइरहेको ऋषि लाखौं जनताको मानसपटलमा जिवित छन् । अजर र अमर छन् । पार्टी निर्माणमा अघि सारेका विचारहरु जिवित छन् । पुर्णवहादुर खड्काको नुनद्धारा पालित, पोसित र सञ्चालित कांग्रेसको जामा पहिरेका गुण्डाहरुले पूर्ण वहादुरको योजना र निर्देशनमा गौंडा कुरेर गोली हानी ऋषिको भौतिक शरिर ढालेपनि यिनका आततायी र खुनी पंजाहरुले ऋषिको विचार ढाल्न सक्ने छैनन् । ऋषिले सुर्खेती भुमिमा छरेका विचारहरु दुवो जस्तै मौलाइरहने छन् । ऋषिको जिवनसैली, विचार र व्यवहारले चिरकालसम्म सुर्खेती जनता मात्र होइन  कर्णाली प्रदेश र सिगाे देशकै नेकपा एमालेको नेतृत्व गरिरहने छन् । अलविदा कमरेड ऋषि जनताको असल शिक्षक, असल साथी र क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा लाखौं जनताको मानस पटलमा जिवित रहिरहने छन् ।
प्रकाशित ः २०७६ चैत २७ गते पुन: प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार