सुर्खेत, २७ चैत ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको तत्काल उद्धार गर्न सरकारसंग माग गरेको छ । कर्णाली प्रदेश पनि कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेको भन्दै परिक्षणको दायरा बढाउन, विदेशबाट फर्किएकाहरुको स्वास्थ्य निगरानी राख्न प्रदेश सरकारसंग आग्रह गरेको हो ।
पार्टीका कर्णाली प्रदेश इञ्चार्ज चक्रपाणी शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सरकारले रोग नियन्त्रण, उद्धार, उपचार र राहतका लागि केही कदम घोषणा गरेपनि ती पर्याप्त छैनन्, तीनलाई व्यवहारमा लागू गर्न जनदबाब जरुरी छ, महामारीविरुद्ध रणनीति र कार्ययोजना तयार गरी सरकार अघि बढ्न जरुरी छ ।’ हर्कबहादुर शाही प्रथम स्मृति दिवस क्रान्तिकारी माओवादीले तत्कालिन पोलिटब्युरो सदस्य हर्कबहादुर शाही दिनेशको पहिलो स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
स्मृति ग्रन्थ सम्पादन तथा व्यवस्थापन समिति संयोजक रामसिंह श्रीष र हर्कबहादुर शाही स्मृति फाउन्डेसनका अध्यक्ष दीपकबहादुर शाहीले आज श्रद्धाञ्जली सन्देश व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।
कोभिड १९ को महामारीका कारण स्मृति दिवस मनाउन नसकिएको र परिस्थिति अनुकूल भएपछि स्मृति ग्रन्थ सार्वजनिक गरिने विज्ञप्तीमा उल्लेख छ । दैलेखको चामुण्डामा जन्मनुभएका नेता शाहीको २०७५ चैत २६ गते काठमाडौंमा निधन भएको थियो ।
युग संवाददाता । । २७ चैत्र २०७६, बिहीबार ०८:४६