गंगामाला सहकारी छिन्चुको सहयोग

सुर्खेत, २५ चैत्र ।

भेरीगंगा नगरपालिकाको छिन्चुमा रहेको गंगामाला स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधि भरको विलम्ब शुल्क नलिने निर्णय गरेको छ । सहकारीबाट ऋण लिएका ऋणिहरुबाट लकडाउन अवधि र लकडाउन खुलेको एक महिनापछिसम्मको विलम्ब शुल्क नलिने निर्णय गरेको हो ।


संस्थाको सञ्चालक समितिको बैठकले शेयर सदस्यहरुलाई कोराना भाइरस (कोभीड–१९) को संक्रमण देखिएमा राहत रकम दिने पनि निर्णय गरेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुको औषधोपचारमा राहत दिने उदेश्यले एक लाखको कोष स्थापना गरेको संस्थाका अध्यक्ष यज्ञप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार संस्थाले प्रदेश सरकारकाे विपद् काेष र तीन नगरपालिकालाई राहत कोषमा आर्थिक सहयोग समेत गरेको छ । प्रदेश सरकारको विपद् कोषमा ५१ हजार पाँचसय ५१, भेरीगंगा नगरपालिकालाई ३१ हजार, गुर्भाकोट नगरपालिकालाई २५ हजार र लेकवेशी नगरपालिकालाई २१ हजार सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष ढकालको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार