भारतबाट अाएका नागरिकको घरमै स्वास्थ्य परिक्षण

दुर्गा विसि

सुर्खेत, २६ चैत्र ।

सुर्खेत सिम्ता गाउँपालिकाले भारतबाट अाएर महेन्द्र बहुमुखी क्याम्पसकाे क्वारेन्टिनबाट भागेका ७ जनाकाे स्वास्थ्य चेकजाँच गरेको छ । रुपैडिया नाकाहुदै उनिहरु नेपाल भित्रने क्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जकाे क्वारेन्टाइनमा राखिएको थियो । सिम्ताका विभिन्न स्थानका ७ जना वढि उक्त क्वारेन्टाइनबाट भागेर घर अाएका थिए ।

यहि चैत्र ११ गते उनीहरु भित्रीएका थिए । १६ दिन पुगेपछि सिम्ता गाउँपालिका, ४ सिमलागाउका ७ जनाकाे गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि सहित गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनकाे टाेलि घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको छ । सिमलगाउ पुगेर चिकित्सककाे टाेलिले उनिहरुकाे स्वास्थ परिक्षण गरिएको छ ।

सबैकाे अवस्था समान्य रहेको जनाएको छ । भारत तथा अन्यमुलकबाट सिम्ता भित्रिएका १ सय ५२ जना नागरिकको स्वास्थ सामान्य रहेको समेत जनाएको छ । संकास्पदहरुको भने स्वाव परिक्षण समेत हुने जनाएको छ । जति पनि भारतबाट अाएका नागरिक सिम्ताकाे टाेलटाेलमा वनेकाे एक्सन ग्रुपको निग्रानीमा रहेका छन् भने अाफ्नै घरकाे क्वारेन्टाइनमा वसेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनबाट भागेका सिम्ता सिमलगाउका नागरिककाे स्वास्थ्य परिक्षणका लागि गाउँपालपका अध्यक्ष सहितको टिम,सुरक्षाकर्मी,स्वास्थकर्मिहरुको टाेलि घरघरमा पुग्ने गरेको छन् । काेराेना महामारी राेकथामका लागि सिम्ताले ९ वटै वडाकाे टाेलटाेलमा स्वास्थ्यकर्मी, महिला स्वास्थ स्व सेविका, जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी सहितको युनिट एक्सन बनाइ काम सञ्चालन गरिरहेकाे छ।

तपाईको प्रतिक्रिया