विपद् कोषमा सबैभन्दा धेरै बौद्ध ग्रामीणको २५ लाख

सुर्खेत, २६ चैत्र ।

कर्णाली प्रदेश सरकारले प्रदेश स्तरिय विपद् कोष स्थापना गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले कोषको स्थापना गरिएको हो । सरकारले ५० करोड रुपैयाँको कोष स्थापना गरिएको थियो । सरकारले कोषमा सहयोग गर्न चाहनेहरुका लागि समेत आव्हान गरेको थियो । सरकारी तथा निजी बैंक, वित्तिय संस्था, सहकारीहरुले कोषमा रकम जम्मा गर्न थालेका छन् । सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरेर प्रदेशबाट बार्षिक अर्बौ कारोबार गरी व्याज अशुल गर्ने कर्पोरेट हाउसहरुले एक लाखदेखि १० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेको छन् । कोषमा निजी क्षेत्रबाट ७० लाखबढी जम्मा भैसकेको छ ।

सुर्खेतमा स्थापना भएर कर्णालीमै कार्यक्षेत्र बनाएको एक सहकारी संस्थाले अहिले सम्मकै सबैभन्दा धेरै रकम कोषमा जम्मा गरेर रेकर्ड कायम गरेको छ । लद्युवित्त क्षेत्रमा काम गर्ने सुर्खेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. लाटीकोइलीले अहिले सम्मकै रेकर्ड तोडेको हो । ठुला ठुला (क) वर्गका वित्तिय संस्थाले ५÷१० लाख सहयोग गर्दा बौद्ध ग्रामीणले २५ लाख रकम कोषमा जम्मा गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख विशाल केसीले जानकारी दिए । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंह बहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतरा र कार्यकारी प्रमुख विशाल के.सी.ले सो रकम हस्तान्तरण गरेका हुन । सहकारी संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पु¥याउन केही सहयोग पुग्ने विश्वास व्यक्त गरिएकोे छ ।

उक्त कोषबाट पहिलो चरणमा १० जिल्लाका जिल्ला दैविक प्रकोप उद्धार समितिलाई प्रारम्भिक तयारी, औषधी, सामाग्री खरिद, स्वास्थ्यकर्मीको लागि सामाग्री खरिद गर्न ५०÷५० लाख प्रदेश सरकारले निर्णय गरेर पठाईसकेको छ । सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १÷१ करोड र चौरजहारी अस्पताललाई ५० लाख रकम पठाइएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई दैनिक उपभोग्य सामाग्री खरिद गरी वितरण गर्ने गरी प्रदेश सरकारले मंगलबार निर्णय गरेर वीरेन्द्रनगरलाई ३० लाख, अरु नगरपालिकालाई २०÷२० लाख र गाउँपालिकाहरुलाई १५÷१५ लाख पठाएको छ । यसरी कर्णालीका ७९ वटा स्थानीय तहमा १३ करोड २० लाख रकम खर्च हुने भएको छ ।

बौद्ध ग्रामीणको संक्षिप्त परिचय :–

“थोरै भएपनि बचत गरौ”भन्ने उद्देश्य लिई सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ गते गठन गरिएको एक समुह, जसमा आवद्ध ९ जनामहिला र १६ जना पुरुषको अग्रसरतामा मिति ः २०५७।०२।१२ गते सहकारी ऐन २०४८ अनुसार दर्ता भई हाल कर्णाली प्रदेशको ४ जिल्ला सुर्खेत, दैलेख, जाजरकोट र जुम्लामा रहेका सेयर सदस्यहरुलाई उनीहरुको घरदैलोमा गई सानो सानो कर्जा, बचत, विमातथा रेमिटान्स र वित्तिय साक्षरता सम्बन्धि कार्य गरी सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सफल सहकारी संस्थाहो “बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.” । कर्णाली प्रदेश अन्तरगत सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा २०७६ माघ मसान्त सम्ममा १०९७१ पुरुष र ४१,०५६ महिला गरी कुल ५२,०२७ जना सेयर सदस्यहरुको आवद्धता रहेको छ । संस्थामा कुल सदस्य संख्याको ८१ प्रतिशत महिला सदस्यहरुको सहभागिता रहेको छ । २०७६ माघ मसान्त सम्ममा संस्थाको सम्पत्ति तथा दायित्व रु. १ अर्व ८९ करोड ४५ लाख पुगेको छ । जसमा सेयर सदस्यहरुको ७८ करोड ६० लाख बचत बाँकि रहेको छ भने १ अर्व ६१ करोड ५६ लाख रुपैयाँ संस्थाले सदस्यहरुलाई कर्जा लगानी गरेको छ भने संस्थाले २२ वटा सेवा संचालन गरी १९२ जनालाई रोजगारी दिएको छ । संस्थाले कर्णाली प्रदेश अन्तरगत रहेको अति दुर्गम स्थानहरुमा सेवा विस्तार गर्दै मध्यमदेखि अति विपन्न परीवारका सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन महत्वपुर्ण योग्दान दिन सफल भएको छ । यस सहकारी संस्थाको विकासक्रमका केहि महत्वपूर्ण गतिविधिहरु निम्नानुसार रहेकोपाईन्छ ।
– मिति ः २०५६।०८।०४ गतेकोदिन लाटीकोइली गा.वि.स.को बौद्ध टोलमा पहिलो प्रारम्भिक सभा बसेकोजसमा ९ महिला र १६ पुरुष गरी २५ जनाको सहभागीतामा तदर्थ समिति गठन भएको ।

– मिति ः २०५६ पौष १ गतेदेखि बचत संकलन गर्न शुरु गरिएको थियो ।

– मिति ः २०५६ फागुन २९ गतेका दिन लाटीकोइली गा.वि.स. वडा नं.८ स्थित एउटा कोठा बहालमा लिएर संस्थाको कार्यालय स्थापना गरिएको ।

– मिति ः २०५७ बैशाख १ गतेबाट संकलित बचत रकमलाई ऋण लगानी गरी परिचालन गर्न शुरु गरिएको

– मिति ः २०५७।०२।१२ गतेको दिन जिल्ला सहकारी कार्यालय बाँकेमा संस्था दर्ता गरिएको, सोहि मितिमा संस्था को नाम श्री बौद्ध ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि., दर्ता नं. ११६ (५०)÷०५६÷५७ कायम भै सरकारी मान्यता प्राप्त गरेको ।

– मिति ः २०६० बैसाख १ गतेदेखि जुम्ला ोडमा बचत संकलन केन्द्र स्थापना गरेको सो केन्द्र मार्फत बचत तथा ऋणको कारोबार साथै लाटीकोइली गा.वि.स.को सहुलियत दरको मट्टीतेल विक्रि वितरण गर्ने डिपो समेत संचालन गरिएको ।


– मिति ः २०६३ जेष्ठ ४ गते देखि लाटीकोइली ८ मा बौद्ध बैंकिङ्ग कार्यक्रमको नामबाट विधिवतरुपमा लघुवित्त कार्यक्रमको शुरुवात गरिएको । पछि गएर उक्त कार्यक्रमको नाम बौद्ध लघुवित्त कार्यक्रम राखिएको ।

– मिति ः २०७० माघ २१ देखि बचत तथा ऋण सहकारी संस्थाबाट बहुउद्देश्यीय सहकारी संस्था मा प्रकृति परिवर्तन गरिएको ।

– मिति ः २०७२ मंसिर १५गते देखि बौद्ध ग्रामीण डेरी उद्योग दर्ता गरी संचालन गरीएको ।

– मिति ः २०७५ भाद्र २२ गते बौद्ध ग्रामीण प्रशोद्यित पिउने पानि उद्योग दर्ता गरी उद्योग संचालनको आवश्यक प्रक्रिया अघि बढाईएको ।

समाजमा छरीएर रहेको सानो सानो पुजीलाई बचत स्वरुप संकलन गर्दै उत्त mपुजीलाई आयआर्जनको क्षेत्रमा परीचालित गर्दै संस्थाले सदस्यहरुको जिवनस्तर माथि उठाउन सफलभएको छ । “दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी” भन्ने सहकारीको मुल नारालाई सफल बनाउने उद्देश्यका साथ यस सहकारी संस्थाले स्थानिय उत्पादनमा बृद्धि गर्नको लागि सदस्यहरुलाई प्रोत्सान दिने, दुग्ध क्षेत्रमा आत्मनिर्भरताको लागि सदस्यहरुलाई कर्जा लगानी तथा बजारीकरणको लागि दुग्ध डेरी उद्योग संचालन, गुणस्तरीय पिउने पानीको उपलब्धताको लागि प्रशोद्यित पिउने पानी उद्योग संचालन गरेको छ ।

संस्थाले सदस्यहरुको विकासका लागि निम्नानुसार उद्देश्य लिएको छ ।

– भुमिहिन र सम्पत्तिहिन गरीबलाई लघुवित्त कार्यक्रमको माध्ययमबाट वित्तिय सेवा सुविधा उपलब्ध गराई उसमा रहेको असिमित सम्भावनाहरुलाई उजागर गराउँदै उसलाई आयमुलक तथा उत्पादनमुलक कार्यमा संलग्न गराउने ।

– बिशेष गरी समाजमा पिछडिएर रहेका महिलावर्गलाई वित्तिय साक्षरतामार्फत आर्थिक क्रियाकलापमा संलग्न गराई सम्बृद्धिकोमार्गमा अगाडि बढाउने ।

– आधुनिक कृषि प्रणाली तथा पशुपालन व्यावसाय गर्ने किसानहरुको स्तरउन्नती गरी देशलाई कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने ।

– बैंकिङ्ग सेवा सुविधाबाट बन्चित गाउँ गाउमा शाखा विस्तार गरी गुणस्तरीय वित्तिय सुविधा उपलब्ध गराउने । र कर्णाली प्रदेश सरकारबाट कार्यक्षेत्र प्राप्त भएमा कर्णाली प्रदेश भर शाखा सञ्जाल विकास गरी धेरै भन्दा धेरै सेयर सदस्यहरुको एक साझा फुलवारीको रुपमा संस्थालाई स्थापित गर्ने ।

– सहकारी मार्फत गरीने सामुहिक व्यावसायहरु संचालन गर्ने ।

– दुग्ध डेरी उद्योग संचालन गरी संस्थाका किसान सदस्यहरुबाट उत्पादितको गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थहरु उपभोक्तासम्म पु¥याउने ।

– प्रशोधित पिउने पानी उद्योग संचालन गरी शुद्ध तथा गुणस्तरीय पानी उपभोक्ताहरु माझ पु¥याउने ।


1 thought on “विपद् कोषमा सबैभन्दा धेरै बौद्ध ग्रामीणको २५ लाख

  1. राम्राे काम।तर ऋणी सदस्यहरुकाे लागि के सोच्दै छ त? जो १महिना सम्म काम गर्न पाईएकाे छैैन, ब्यबसाय चौपट भएकाे छ घाटा बेहाेरी रहेकाे किसान हरुलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार