यातायात मजदुरलाई खाद्यान्न वितरण

सुर्खेत,२६ चैत ।

सुर्खेत बुलबुले यातायात प्रा.लि. ले समितिमा आवद्ध विभिन्न यातायातका कर्मचारी, चालक, सहचालकहरुको परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । यस विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण ज्यालामजदुरी गरेर जिविकोर्पाजन गर्ने यातायात मजदुरहरुलाई असर परेपछि प्रा.लि. राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको हो ।


प्रति परिवार एक बोरा चामल, २ केजी दाल, नून र तेल सहित १९०० बराबरको २४ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । अध्यक्ष लोक बहादुर ठाडा मगर, सचिव सोनाम लामा, कोषाध्यक्ष प्रकाश थापा र कार्यालय प्रमुख क्षितिज थापाले यातायात मजदुरहरुलाई खाद्यान्न वितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार