सडकका बार हटाउन निर्देशन

सुर्खेत, २६ चैत ।
वीरेन्द्रनगरका विभिन्न सडक र टोलमा लगाइएका तारबार हटाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ ।  विभिन्न सडक टाेलहरुकाे बाटाे बन्द गरिएकाे गुनासाे अाएपछि म‌गलबार सर्वपक्षिय बैठक जिल्ला प्रशासन कार्यालयले राखेकाे थियाे ।

सडकमा तारबार गर्दा तमकल, एम्बुलेसन्स र खाद्यान्न लगायतका अत्यावश्यक सवारी साधान अवागमनमा अप्ठेरो पर्ने भन्दै तारबार हटाउन निर्देशन दिएको सुर्खेतका सहायक प्रमुख जिल्लाअधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । कतिपय ठाउँमा मानिसलाई प्रवशे दिने तर गाडी चल्न नदिने गरेको पाइएपछि सबै टोलका तारबार हटाउन निर्देशन दिएको उनको भनाइ छ । सम्बन्धित वडाका जनप्रतिनिधि र प्रहरीको सक्रियतामा तारबार हटाउन निर्देशन दिएको प्रशासनले जनाएको छ । कोरोनाको त्रासपछि वीरेन्द्रनगरका टोलटोलमा तारबार गरी आवागमनमा अवरोध पु¥याइएको छ ।

सर्वदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपाने, वीरेन्द्रनगर नगरपालिकाका का‍‍.वा. प्रमुख माेहनमाया ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, प्रहरी उपरिक्षक दिल्लीराज पन्त, सुर्खेत उधाेग वाणीज्य स‌घका अध्यक्ष धन बहादुर रावतकाे उपस्थिति रहेकाे िथयाे ।

तपाईको प्रतिक्रिया