उद्योग वाणिज्य संघ भेरीको सहयोग

सुर्खेत, २५ चैत ।
उद्योग वाणिज्य संघ भेरीले आफ्नो कार्यक्षेत्रका स्थानीय तहलाई सहयोग रकम उपलब्ध गराएको छ । कोरोना भाईरस (कोभिड–१९) को सन्त्रासले सरकारले घोषणा गरेको लकडाउनपछि दैनिक ज्यालादारी, मजदुरी गरी जिविकोपार्जन गर्ने परिवारलाई सहयोग हुने गरी रकम उपलब्ध गराएको हो ।

मजदुरी गर्ने परिवारलाई खाद्यान्न वितरण गर्ने स्थानीय सरकारको निर्णय र योजनामा सहयोग पु¥याउन चार स्थानीय तहलाई १०÷१० हजारका दरले चालिस हजार रकम हस्तान्तरण गरिएको छ । आफ्नो कार्यक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकालले जानकारी दिए ।


भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्र बहादुर चन्द, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनार, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार