ताजा खबर
  

पूर्व सांसद राजिवविक्रम शाहले दिए सर्जिकल बेड

जाजरकोट, २४ चैत ।

राजनीतिसंगै सामाजिक कार्यले बहुचर्चित पूर्व सांसद तथा पूर्व जाजरकोटी राजपरिवारका सदस्य राजिवविक्रम शाहले आफनो सामाजिक कार्य निरन्तर जारी राखेका छन् । जाजरकोटमा गाडी दुर्घटना हुँदा आफ्नै लगानीमा हेलिकोप्टरसहित गोताखोर लिएर उद्धारमा खटिएका थिए । राजनीतिकर्मी भन्दा पनि समाजसेवी भन्न रुचाउने पूर्व सांसद शाह झाडापखालाको महामारी हुँदा आफै हेलिकोप्टर, औषधी र स्वास्थ्यकर्मी लिएर उपचारमा गाउँ गाउँ पुगेका थिए । छेडागाड नगरपालिको वडावनमा आफनै निजी लगानीमा अस्पताल समेत सञ्चालनको तयारी उनले गरेका छन् ।

पछिल्लो कोभिड–१९ ले विश्वमा सन्त्रास फैलिएको अवस्थामा उनको मनले मानेन आफ्ना जाजरकोटी जनताको सहयोग गर्न तम्तयार भए । यस पटक उनले स्वास्थ्य संस्थाहरुका लागि सर्जिकल वेड सहयोग गरेका छन् । जाजरकोट जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई सर्जिकल बेड सहयोग गरेका छन् । पूर्वसाँसद शाहले आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य संस्थाहरुलाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका हुन् ।

एउटा पालिकालाई ५ वटाको दरले जिल्लाका सात वटै स्थानीय तहलाई पूर्वसाँसद शाहले ३५ वटा सर्जिकल बेड उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । एक बेड बराबर ३५ हजार खर्च गरेर निर्माण गरिएका ३५ वटा सर्जिकल बेडको काठमाडौंदेखि जाजरकोटसम्मको ढुवानी भाँडा कुशे गाउँपालिकाले व्यहोरेको अध्यक्ष बस्नेतले बताए ।


शनिबार बेलुका जिल्ला सदरकाम खलंगा ल्याई पु¥याईएका सर्जिकल बेडहरु आईतबार नै नलगाड नगरपालिका र छेडागाड नगरपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए । बाँकी रहेका पालिकाहरुलाई सोमबार बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए ।

पूर्व सांसदको सहयोगमा प्राप्त भएका सर्जिक वेडहरुलाई पालिकाहरुले निर्माण गर्ने आईसुलेसन बेडमा प्रयोग गर्न सकिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय तहहरुलाई पूर्वसाँसद शाहले गरेको सहयोगले स्वास्थ्यकर्मी र पालिका सरकारको मनोबललाई उच्च बनाएको बताउदै प्रमुख रावलले पूर्व सांसद शाहलाई हार्दिक धन्यवाद दिए ।

त्यसैगरी दोस्रो विश्वपछि मानव जातिमा सबै भन्दा ठुलो संकट पैदा गरिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई नै प्रलयको दिशातिर धकेलिरहेको बताउँदै छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले महामारीको जोखिम अबस्थामा आफ्नो व्यक्तिगत लगानीमा जिल्लाबासीलाई सहयोग गरेकोमा पूर्वसांसद शाहप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिए ।

गरिबी, बेरोजगार र महामारीको चपेटामा बेला–बेलामा पर्दै आएको जाजरकोट जिल्ला महामारीको उच्च जोखिमतामा रहेको पूर्व सांसद शाहले बताए । कोरोना भाइरस संक्रमण बिरुद्धको लडाईमा विश्व जगत लागि परेको बताउदै पूर्व सांसद शाहले भाइरस संक्रमण बिरुद्धको लगाइमा राजनिति गर्न नहुने बताए । सबैको साँझा बुझाई र एकताबाट मात्र भाइरस विरुद्धको लडाई जित्न सकिने बताउदै पूर्वसाँसद शाहले जिल्लाबासीसंगको एकता कामय गर्न आफुले सर्जिकल बेड सहयोग गरेको बताए ।

आफ्नो राजनैतिक परिचयलाई सहायक ठान्दै आएका पूर्व सांसद शाहले समाज सेवालाई मुख्य परिचय बनाउदै आएका छन् । जिल्लामा विभिन्न समयमा फैलिएका महामारी नियन्त्रण तथा रोकथाम गर्न र विभिन्न विपद व्यवस्थापन गर्ने सन्दर्भमा पूर्व सांसद शाहले समाजसेवीको रुपमा आफुलाई दह्रो रुपमा उपस्थिति जनाउँदै आएका छन् ।



ताजा समाचार