३१ जना सल्यानीहरु लमजुङ अलपत्र

दुर्गा विसी
सल्यान, २४ चैत ।

क्वहोलासोथार गाउँपालिका वडा नं. ५ रुदिखोला थ्री जलविद्युत आयोजनामा कार्यरत ३१ जना सल्यानका कर्मचारी तथा श्रमिकहरु लमजुङमै अलपत्र । कोरोना भाईरसको संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर गरिएको लकडाउनको अवस्थामा निर्माण कार्यको लागि आवश्यक कच्चा पदार्थ तथा निर्माण सामाग्रीहरुको अभाव लगायतका कारणले आयोजनाको काम बन्द भएको ।

खाद्यान्न अभाव हुन थालेकाले त्यहाँ रहेका कर्मचारी तथा श्रमिकहरु आफ्नो घरमा सुरक्षित रुपमा फर्किन चाहेको । क्वहोलासोथार गापाले जिप्रका लमजुङमा सवारी पास उपलब्ध गराइदिन आग्रह गरेतापनी जिप्रका लमजुङका प्रमुख जिल्लामा अधिकारीले पास दिन नसकिने, जहाँ बसेको हो त्यही बस्न आग्रह गरेका छन् ।

सुरक्षित घर फर्किन चाहेको, मुख्य समस्या खाद्यान्न अभाव हुँदै गरेको । अधिकांश शारदा नगरपालिकाका रहेको, केही बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाका रहेका । सल्यानको सम्बन्धित निकायले उद्दारको लागि पहल गरिदिन त्यहाँ रहेका सबै सल्यानीको दाजुभाइको आग्रह रहेको छ ।

तपाईको प्रतिक्रिया