कोरोना सतर्कता ः ठुलिभेरी नगरपालिकाद्धारा औषधी उपकरण खरिद

रामचन्द्र न्यौपाने
डोल्पा २४ चैत्र ।
डोल्पाको ठुलिभेरी नगरपालिकाले औषधी र उपकरण खरिद गरेको छ । नगरपालिका भित्र केही साता अघि फैलिएको मौसमी रुघाखोकी र विश्वभर फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) बिरुद्ध पुर्व सतर्कता अपनाउनकालागि आवश्यक औषधि र उपकरण खरिद गरेको हो ।
डोल्पामा चिसो हट्ने रगर्मी सुरु हुने समय यहि भएकाले पनि स्वास्थ्य संस्थाहरुमा मौसमि रुघाखोकीका बिरामिहरु बड्न थालेपछि सिटामोल, एमोक्सोसिलिन लगाएतका अत्यावश्यक औषधि खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरि कोरोना बिरुद्धको पुर्व सतर्कताका लागि पि.पि.ई, सर्जिकल मास्क, इन्फ्रेड थर्मोमीटर, ग्लोब्स, सेनिटाइजर लगायतका सामाग्रीहरु खरिद गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक रानाले जानकारी दिए । आधा सामाग्रिहरु डोल्पा पु¥याएर पनि विभिन्न वडामा बितरण भइसकेको र आधाडोल्पा लैजाने तयारी गरिरहेको समेत उनले बताए ।

“कोरोनाभाइरसको जोखिमलाई मध्येनजर राख्दै नगरपालिकाले थुप्रै तयारी गरेको छ, डोल्पामै सबै भन्दा पहिला इन्फ्रेड थर्मोमीटर ल्याएर जुफाल विमानस्थलमा जाँच गर्ने हामि हौँ,निकट भविश्यमै नगरपालिकाले छुट्टै विपत ब्यवस्थापन कोष खडा गर्दैछ”उनले भने । “त्यसैगरी नगरक्षेत्रका मुख्य नाकाहरुमा हेल्थ डेस्क स्थापना, दुनै, जुफाल र माझफालमा क्वारेन्टाइन निर्माण, त्यहाँ आवाश्यक ग्याँस, कपडाहरु ब्यवस्थापनका साथै कोरोनाभाइरस बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छौ ।”

नगरभित्रका जनशक्ति परिचालन गर्दै संकटको घडिमा स्थानीय प्रशासन, प्रदेश र केन्द्र सरकार सँग समन्वय गरेर आवाश्यक कामहरु गरिरहेको समेत रानाले बताए । सबै गरेर तीस देखि पैँतिस कार्टुन औषधि उपकराण खरिद गरेको वडा नं. ९ काअध्यक्ष बिर्मल भण्डारीले जानकारी दिए । नगरपालिका भित्रका जनताको सेवाकालागि अहोरात्रलागि रहको अध्यक्ष भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया