२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि

सल्यान (सल्लीबजार), २४ चैत्र ।
सल्यान पश्चिमको सल्लिवजार नजिकै जाजरकोट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थायी बसोबस गर्दै आएका वर्ष २३ का धनवहादुर रावतको लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए । रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिबजार जाने भनेर हिडेका थिए ।

वेलुकि घर नफर्के पछि परिवारले खोजि कार्यका लागि ईलाका प्रहरी कार्यलय सल्लिवजारमा हुलिया सहितको निवेद दिएका थिए । सल्लिवजारको आर्मी व्यारेकको उत्तरी पुर्वी तर्फको खोलामा सडेको अवस्थामा लास फेला परेको इलाका प्रहरी कार्यालय सल्लिवजारले जनाएको छ । लास फेला परे पछि प्रहरी अनुसन्धान जारि राखेको जनाएको छ ।

उनको परिवार समेत जाजरकोट जुनेचाँदेबाट हिडिसकेको वताएको छ । स्थानीय घाँसकाटन गएको बेला खोलामा लास भेटेका थिए । पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान लिन लागिएको छ ।

तपाईको प्रतिक्रिया