मन्त्री ज्वाला र सल्लाहकार शर्माको व्यक्तिगत सहयोग

सुर्खेत, २४ चैत ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले व्यक्तिगत लगानीमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सेट, औषधी र सर्जिकल सामाग्री खरिद गरी सहयोग गरिएको हो । आइतबार शारदा नगरपालिका, कालिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री दश÷दश सेट उपलब्ध गराइएको थियो ।

चार वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई पिपिइ सेट, औषधी, मास्क र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो भने बाँकी रहेका अन्य स्थानीय तहहरुलाई पनि केही दिनभित्र स्वास्थ्य सामाग्री उपलब्ध गराइने मन्त्री ज्वालाका स्वकिय सन्तोष विसीले जानकरी दिए ।

तपाईको प्रतिक्रिया