स्वास्थ्य चौकीमा अत्यावश्यक सामग्री पुर्याउन मेयर आफै खटे

दुर्गा विसि

सल्यान (सल्लीबजार), २३  चैत्र ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा रहेका स्वास्थ चौकीहरुमा अत्यावश्यक मिडिसिय औसधि पुर्‍याउन र स्वास्थ संस्थाहरुमा औसधि के कस्तो छ भने नगर प्रमुख स्व आफै खटिनु भएको छ । अाइतबार वडा ७ काे मैदुपाेखरिमा रहेको स्वास्थ चौकिमा पुगेर थप औसधि हस्तान्तरण गरिएको छ ।

पिपिइ सेट ३ थान,मास्क सर्जिकल १ सय ५० थान,कटन मास्क १२ थान,सेनिट्राइजर ४ सय एमलको ४ पिस,स्पृड,गिलिसिर्न,सर्जिकल गोलप लगाएतका काेराेना राेकथाम तथा चेकजाँचकाे लागि चाहिने प्राथमिकता केही औसधिहरु नगर प्रमुख गाेविन्द कुमार पुनले स्वास्थ्य चौकी प्रमुख अम्मर भट्टराईलाई प्रदान गर्नु भएको छ ।

अब केही सामान पाए पछि उपचारमा सजिलो हुने जनाएको छ । नागरिककाे चेकजाँच मा कमि हुन नदिने र विदेश तथा भारतबाट आएका स्थानीयकाे उच्च निगरानी गर्न स्वास्थ्य कर्मी,वडा अध्यक्ष र कर्मचारीलाई नगर प्रमुख पुनले आग्रह गर्नु भएको छ । साथै विपद व्यवस्थापन समितिकाे वठैक वसेर राहतको लागि विपन्न नागरिक छनौट गरि पठाउन समेत भनिएको छ ।

नगरका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले मास्क,पिपिइ लगाएतको अत्यावश्यक सामान नभएको गुनासो अाइपछि नगर प्रमुख स्व आफै अनुगमन र स्वास्थ्य चौकीहरुमा पुग्ने गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया