सुर्खेत, २३ चैत ।
मेगा बैंक नेपाल लिमिटेड कोरोना भइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तर कार्यक्रममा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मुख्य सचिव श्री टेकनारायण पाण्डे र अर्थ सचिव विष्णु नेपालको उपस्थिती रहेको थियो भने बैंकका तर्फबाट शाखा प्रबन्धक विक्रम थापा र कर्मचारीहरु रमेश शर्मा र गणेश प्रसाद चपाईंको उपस्थिती रहेको थियो ।
मेगा बैंक नेपाल लिमिटेड सञ्चालक समिति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सात वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । केही प्रदेशहरुमा सहयोग रकम हस्तान्तरण गरिसकेको र बाँकी प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।
मेगा बंैक नेपाल लिमिटेडका सिइओ अनुपमा खुञ्जेलीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बंैकले गरेको यो सहयोगमा सञ्चालक समितीका सदस्यहरु सहित बैंकका कार्यरत १ हजार २ सयभन्दा बढी कर्मचारीहरुको समेत व्यक्तिगत योगदान गरेका छन् ।
युग संवाददाता । । २३ चैत्र २०७६, आईतवार १४:४९