जनकल्याणले दियो वडालाई २ लाख

सुर्खेत, २२ चैत ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–१ ले वडा कार्यालयलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनले अतिबिपन्न, दैनिक ज्याला मजदुरी जिविकोपार्जन गर्ने परिवारको सहयोगका लागि नगद रकम हस्तान्तरण गरिएको हो ।


वीरेन्द्रनगर–१ को वडा विपद् तथा जलवायू उत्थानशिलता समितिको नाममा चेक हस्तान्तरण गरिएको छ । सहकारीका अध्यक्ष महेन्द्र प्रसाद शर्माले वडा अध्यक्ष गंगाराम सुनारलाई सहयोग स्वरुप चेक हस्तान्तरण गरेका थिए ।

प्राप्त रकमबाट न्यून आयस्रोतभएका वडाबासीलाई खाद्यान्न सामाग्री खरिद गरी वितरण गरिने जानकारी दिए । चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सचिव चन्द्र बहादुर सुनार, कोषाध्यक्ष हरि पौडेल, सदस्य रमेश प्रसाद दाहालको समेत उपस्थिति रहेको सहकारीका प्रवन्धक खुमलाल न्यौपानेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार