बाढीपीडितलाई खाद्यान्न वितरण

सुर्खेत, २१ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारको लकडाउनले छाक टार्न समस्या भएपछि सुर्खेतका बाढीपीडितहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सुर्खेत दक्षिण कोरिया सम्पर्क समाजले ५० हजार रकम उपलब्ध गराएपछि भेरीगंगा नगरपालिकाको हटारुखोला र छिन्चुका बाढीपीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।

२०७१ सालमा आएको बाढीबाट बिस्थापित भएकाहरू अहिले पनि कष्टकर विभिन्न अस्थायी शिबिरहरूमा बसिरहेको छन् । शुक्रबार एक कार्यक्रमवीच भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्द, उपमेयर रेणु आचार्य, वडा नं. १२ का वडा अध्यक्ष, नेपाली काँग्रेस नगर सभापति बेदु गिरी, सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष लोकेश खत्री, युवा व्यवसायी तथा काँक्रेविहार यातायात व्यवसायी संघका अध्यक्ष रमेश सापकोटा, सुर्खेत महिला जेसिजका उपाध्यक्ष सिता भण्डारी लगायतको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।


२३ वोरा चामल भेरीगंगा हटारूखोलाका बाढीपीडितहरू दुर्गा विक, शिताराम सुनार, हर्कबहादुर कामी, मनवीर कामी, कृपासिंह डाँगी, कमला सुनार, दुर्गा सुनारका साथै छिन्चुका बाढीपीडितहरू कर्णबहादुर आले, विशाल भण्डारी, वीरसिह थापा, दिलबहादुर बिक, कर्ण बैगार, दीपेन्द्र रामजाली, देउरूपन घर्ती, एकल महिला दानबहादुर रामजालीको परिवारलाई वितरण गरिएको थियो । बाढीपिडितका लागि सहयाेग स‌कलन नागरिक दैनिकका कर्णाली व्यूराे प्रमुख पत्रकार नगेन्द्र उपाध्यायले अभियान सुरु गरेका थिए । उनकाे अभियानमा सहयाेग स‌कलन हुनेकम जारी रहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार