स्वास्थ्यकर्मीका लागि सामाग्री सहयाेग

सुर्खेत, २१ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र लकडाउनको अवस्थामा भेरीगंगा र गुर्भाकोट नगरपालिकामा विविध स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा सञ्चालित नेपाली युवाका लागि स्वास्थ्य रुपान्तरण परियोजनाले सामाग्री सहयोग गरेको हो ।

बोट सि कबर, क्याप, क्लिनिकङ मोफ, डिस्पोजेवल ब्याग, गम बुट, सेनिटाइजर, प्लाष्टिक व्लुकेट, ग्लोब्ससहितका विभिन्न प्रकारका ६४० थान स्वास्थ्यकर्मीका लागि सामाग्री हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशमा आइरहेका तथा स्वास्थ्य संस्था, क्वारेन्टाइन तथा आइसोलेशन र सम्भावित जोखिममा रहेका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा अन्य कार्यहरु गर्नका लागि स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु सहयोग उपलब्ध गराइएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया