विपद,काेषमा कृषि विकास बैँककाे ५ लाख

सुर्खेत, २० चैत ।

कृषि विकास बैँक लि.कर्णाली प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगि बैँकका प्रदेश निर्देशक श्री माधव रिजालले आन्तरिक मामिला तथा कानुन मन्त्री मा.नरेश भण्डारी लाई रू.५ लाख को चेक हस्तान्तरण गर्नुभएको थियो ।

विश्वब्यापि रूपमा महामारिको रूपमा फैलिएको कोरोना भाईरस(Covid-19) को रोकथाम तथा नियन्त्रण सहयोगार्थ उक्त रकम प्रदान गरिएको हो ।बैँकले सामाजिक सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम उपलब्ध गराएको जनाएको छ । सो कार्यक्रममा मन्त्रालयका सचिव श्री वीरेन्द्र कुमार यादव बैँकको कर्णाली प्रदेश कार्यालय सुर्खेतका बरिष्ठ शाखा अधिकृत द्वय: श्री अविनास राना मगर र नबराज बुढा तथा नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैँक लि.कर्णाली प्रदेश का अध्यक्ष श्री चन्द्र प्रसाद पाण्डेय र कृषि विकास बैँक कर्मचारि संगठन का कर्णाली प्रदेश संयोजक श्री चन्द्र कुमार सिँजाली को समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया