अप्रेसन गर्ने पैसा छैन (भिडियो सहित)

सुर्खेत, २० चैत ।
एक बालकको हात भाँचिएको १३ दिन भयो तर उपचार सुरु हुन सकेको छैन । महावु–२, डुङ्गी दैलेख निवासी हरिलाल नेपालीका १२ बर्षिय छोरा टोप बहादुर नेपालीको हात भाँचिएको विहिबार १३ दिन पुग्यो ।

आर्थिक अभावमा उनको अप्रेसन हुन सकेको छैन । टोप बहादुर नेपालीले भने ‘गरिव छु हजुर, साँझ विहान छाक टार्ने मेस्यो छैन । कहाँबाट छोराको हात जोडु ।’ रुदै उनले भने ‘धेरै दिन भयो, एक्सरे त भएको पैसाले गरे अब अप्रेसन केलेगरु, भाँचिएको हात गन्हाउन थाल्यो’ उनले भक्कानिदै थपे ‘ढुङ्गा फुटालेर, ज्याला मजदुरी गरेर साँझ विहानको छाक टार्छु हजुर, भएको पाँच हजारले त एक्सरे सम्म गर्न पुग्यो । अप्रेसन गर्ने पैसा छैन । घरमै भएत म जडिबुटी गर्ने थिए ।’

२०७६ चैत ७ गते छिमेकीका छोराछोरीसंग खेल्नेक्रममा बालक टोप बहादुरको हात भाँचिएको थियो । उपचार गर्न उहि गाउँका मेडिकलमा देखा तर उपचार त्यहाँ नहुने भएपछि दैलेखबाट सुर्खेत झरेका थिए ।

सरकारी अस्पतालमा कम पैसा लाग्छ भनेपनि उपचार गर्न प्रदेश अस्पताल पु¥याएका थिए । आफुसंग भएको पैसाले एक्सरे त भयो तर अप्रेसन गर्न २०÷२२ हजार अग्रिम जम्मा गर्नुपर्छ भनेपछि उनी फर्किएर आफ्न्तको आएका थिए । हात भाँचिएको छोरासहित उनी वीरेन्द्रनगर–६ खोर्केखोलामा बस्दै आएका छन् । सुर्खेत अस्पताल र माया नर्सिङ होममा समेत उपचारको खर्च बुझेका उनले त्यहाँ पनि ३५ हजार अग्रिम जम्मा नभएसम्म अप्रेसन सुरु नहुने भनेपछि निरास हुँदै आफ्न्तकोमा बसेका छन् ।

छिमेकीका केटाकेटीसंग खेल्नेक्रमा हात भाँचिएकाले त्यसको उपचार खर्च व्यहोर्ने त आश्वासन पाएका छन् तर उपचार खर्च दिन्छु भन्नेहरु पनि घर छैनन् भारत मजदुरी गर्न गएका छन् । मजदुरी गर्न भारत सिम्ला पुगेका छिमेकीका बुढाबुढी खगिन्द्र वि.क. र ससी वि.क. उपचार गर्नुस जति लाग्छ तिरौला त भनेका छन् तर कोरोना भाइरसको नेपाल–भारत लकडाउनले उताबाट पैसा आएन ।

आर्थिक अभावमा छोराको उपचार हुन नसक्ने भन्दै चिन्तित बनेका हरिलालको पिडा बुझेर खोर्केखोलालाइनको प्रगति टोल विकास संस्थाले घरदैलो गरेर आर्थिक सहयोग संकलन सुरु गरेको छ । विहिबार टोल विकास संस्थाका सचिव नारायण प्रसाद तिमिल्सेना, सुरेन्द्र विसीको अगुवाईमा घरदैलो गरेर ५ हजार ५ सय सहयोग रकम संकलन गरेका छन् । बालकको तत्काल उपचार गर्नका लागि आर्थिक अभाव भएकोले आर्थिक सहयोग गर्न चाहने मनकारी महानुभावहरुले ९८५८०५२८१० वा ९८०३९८४६६१ वा ९८५८०५४९१३ मा सम्पर्क राख्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=z2teN5hAtwU

तपाईको प्रतिक्रिया