साझा घरलाई खाद्य सामाग्री हस्तान्तरण

सुर्खेत, २० चैत्र ।
विश्वव्यापी रुपमा आतंक मच्चाउँदै फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को महामारी चलेको बेला विभिन्न दाताहरुबाट सञ्चालित बृद्धआश्रम बालआश्रम अनाथ असहाय आश्रमहरु यतिवेला खाद्य संकटमा परेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतका यूवा इन्जिनियर दिपक ढकालले नं. ९ वडा कार्यालयको समन्वयमा लाटीकोइली मै रहेको साझा घर नेपाललाई विहिबार खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।


साझा घर नेपालका सञ्चालक तपेन्द्र वि.क.ले यो लकडाउनले गर्दा साझा घर नेपालमा रहेका आश्रितहरुलाई खानाको समस्या भैरहेको समयमा यसरी दाताबाट सामाग्री पाउँदा ठूलो राहत मिलेको बताउनुभयो ।

कार्यक्रममा ९ नं. वडा का वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेको यो साझा घरलाई सक्दो सहयोग गर्नका लागि वडा सँधै लागिपर्ने र वडामा कोहीपनि आभावको अवस्थामा भोकै बस्नु नपर्ने त्यस्कालागि वडा सँधै सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै इन्जिनियर दिपक ढकालले ९ नं. वडामा रहेको अस्थाई प्रहरी विटमा कार्यरत सुरक्षाकर्मीहरुकालागि खाजापानी पनि हस्तान्तरण गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार